रारा फुटबल किशोरि टिम लाइ फुटबल र जुत्ता प्रदान
काठमाडौँ १, साउन । स्पेनमा भएको फुटबल प्रतियोगिताबाट फर्केर आएका मुगुका किशोरी खेलाडीको समूह ‘रारा टिम’ लाई फुटबल र जुत्ता प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय कम्पनी ‘केल्मी ब्राण्ड’का नेपाल निर्देशक उत्तम नेपालले आज यहाँ आयोजित कार्यक्रममा मुगुका १७ फुटबल खेल्ने किशोरीलाई एक–एक वटा फुटबल र एक–एक जोर जुत्ता प्रदान गरेको हो ।
उनले स्पेनमा फुटबल खेल्न जाँदा फुटबल सामग्रीको अभावले राम्रोसँग तयारी गर्न नपाएकाले अहिले ती सामग्री प्रदान गरिएको र खेलाडीले राम्रोसँग फुटबल खेले अन्य सहयोगसमेत गरिने बताए।
“हामीसँग पहिले फुटबल सामग्री भएको भए स्पेनमा पनि राम्रोसँग खेल्ने थियौँ”, खेलाडी भाग्यलक्ष्मी भामले भने, “अब फुटबल र जुत्ताजस्ता सहयोगले प्रेरणा मिलेकाले विदेशीसँग जित्नेगरी खेल्ने छौँ ।”
स्पेन लैजान व्यवस्थापन गर्नुभएका सुनकली डकुमेन्ट्री प्रालिका निर्देशक भोजराज भाटले फुटबल सामग्रीले खेलाडीमा मनोबल बढाएको बताए ।
केही दिनअघि स्पेनमा भएको ‘डोनस्टिक कप इन्टरनेशनल’ प्रतियोगितामा बार्सिलोना, रियल मेड्रिट, एथलेटिक्स क्लब विलवाहुलगायत विदेशी क्लबसँग नेपालको रारा टिमले खेलेको थियो । प्रतियोगितमा विश्वका ६३० समूहका आठ हजार खेलाडी सहभागी थिए ।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...