ताजा समाचार

पारस खड्का र प्रतिभा माली सेञ्चुरी बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडाैं ३, साउन । सेञ्चुरी कमर्सियल बैंकले क्रिकेट टिमका कप्टान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

एक वर्षका लागि बैंकले खड्का र मालीलाई ब्राण्ड इम्बेसडरका रुपमा नियुक्त गरेको हो । उनीहरुको नियुक्तिले बैंकको लोकप्रियता तथा व्यवसायीक अभिवृद्धिका लागि कोशे ढुङ्गा सावित हुने अपेक्षा लिएको जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org