८० प्रतिशत रोजगार दिने मेरिल्याण्ड कलेज
काठमाण्डाैँ ७,साउन ।विराटनगर ७, साउन । मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत ७६ छात्रछात्रा स्नातक तह बजार व्यवस्थापन (बिबिएम) विषयको उपाधिका साथ दीक्षित भएका छन् ।
बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयवाट सम्बन्धनप्राप्त सो कलेजले चार वर्ष अध्ययन अभ्यापनपछि आइतबार सांँझ यहाँ विद्यार्थीलाई दीक्षित गराएको हो । दीक्षित हुनेमा ४० छात्रा छन् । यसअघि आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले कलेजबाट उत्पादित जनशक्ति विश्व बजारमा सहज र सरल किसिमले खपत हुने बताउँदै सन् २००२ देखि नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकामा खुशी व्यक्त गरे । विश्वविद्यालयका केल्भीन नेजीले दीक्षित विद्यार्थीबाट विश्व बजारमा नेपाल र नेपाली विद्यार्थीको गरिमा बढ्ने बताए ।
इनोभेट नेपाल ग्रुपका सुलभ बुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको बताए । कलेजका प्रमुख भेषराज पोखरेलले कलेजले विद्यार्थीलाई आवश्यक पर्ने ज्ञान हासिल गर्नका लागि बेलायत र थाइल्याण्डसमेत पठाउने गरेको जानकारी दिए । विश्वविद्यालयका डा गुरमुक सिंहले सीप तथा दक्षता हासिल गर्ने कार्यमा बेलायत र नेपाली विद्यार्थीमा कुनै भिन्नता नरहेको बताए । कलेजले चार वर्षअगाडि सञ्चालन गरेको बिबिएम विषयमा दीक्षित हुने विद्यार्थीमा ८० प्रतिशतले रोजगार प्राप्त गरेका छन् । कलेजमा अध्ययनरत ३०० विद्यार्थीमा १० प्रतिशत भारतीय छन् ।
Comments
अरु समाचार
-
कोशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेल गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना,...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...