लायन्सको नेत्र परीक्षण अभियान शुरु
बुटवल १०, साउन । लायन्स क्लब अफ बुटवलले बालबालिकाको नेत्र परीक्षण अभियान शुरु गरेको छ ।
क्लबले बुटवल उपमहानगरपालिका क्षेत्रका ५० हजार बालबालिकाको नेत्र परीक्षण गरी औषधि तथा आवश्यकपर्नेलाई चस्मासमेत निःशुल्क दिने गरी अभियान शुरु गरेको छ ।
बुटवल उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सरकारी तथा आवासीय विद्यालयमा अध्ययनरत बालबालिकालाई ध्यानमा राखी क्लबले आज एक कार्यक्रमको आयोजना गरी अभियानको शुभारम्भ गरेको हो ।
लायन वर्ष २०१८÷२०१९ को प्रमुख कार्यक्रमका रुपमा लिइ नगर क्षेत्रका विद्यालयमा गई सम्पूर्ण विद्यार्थीको आँखा जाँच गरिने र आवश्यकपर्नेलाई उनीहरुकै रोजाइमा चस्मा निःशुल्करुपमा प्रदान गरिने अध्यक्ष सुनील कृष्ण श्रेष्ठले बताए । क्लबले यो मानवीय अभियानका लागि रु २७ लाख पाँच हजार २०० लाग्ने अनुमान गरी बजेटसमेत विनियोजन गरेको छ ।
क्लबको अभियानलाई बुटवल लायन्स आँखा अस्पतालले प्राविधिक सहयोग पु्¥याउने अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले बताए । क्लबले एक वर्षको अवधिमा यो लक्ष्य पूरा गर्ने र बुटवललाई आँखाको समस्याबाट मुक्त शहर बनाउने सोच पनि अगाडि सारेको छ ।
Comments
अरु समाचार
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...