सञ्चार क्षेत्रमा नयाँ कानून निर्माण हुँदै
पोखरा १३, साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोेकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रमा नयाँ कानूनको निर्माणमा सरकार लागेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई आज सम्मान गर्दै उहाँले साना लगानीका सञ्चारमाध्यमको विज्ञापनको खास कानून निर्माणलगायत काम अघि बढेको बताए ।
डिजिटल सञ्चारमाध्यमको वर्गीकरणका साथै सामुदायिक र व्यावसायिक रेडियोको वर्गीकरण, मिडिया काउन्सिलको स्थापनालगायत काम पनि हुँदै गरेको उनले बताए । उनले सञ्चारमाध्यम आलोचक हुनुपर्ने सुझाव पनि दिए ।
पत्रकारिताको खास मानक हुने बताउँदै मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालका नाममा जथाभावी आउने कुरालाई सरकारले नियमन गर्ने उल्लेख गरे । उनले भने, “वर्तमान सरकार मदन भण्डारीले दीक्षित गरेको सरकार हो, यो लोकतन्त्र र बहुदलीयताका लागि प्रतिबद्ध छ ।”
उक्त अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष झालाई रु ३३ हजार ३३३, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व झाले पत्रकारिताको विश्वसनीयतालगायत विषयमा प्रश्न उठेको बताउँदै पत्रकारितालाई समाजले नियमन गर्ने जनाए । पुरस्कारका स्थापना गर्ने परिवारका तर्फबाट पोखरा उद्योेग वाणिज्य संघका अध्यक्षसमेत रहनुभएका विश्वशंकर पलिखेले पत्रकारिता क्षेत्रमा योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि अक्षयकोष स्थापना गरिएको बताए ।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मुलुकको समृद्धिको यात्रामा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने धारणा राखे । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले लोकतन्त्रलाई बलियो सदैव पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुरस्कृत व्यक्तित्व छनोट समितिका संयोजक माधव शर्मा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिनालगायतले बोलेका थिए ।
Comments
अरु समाचार
-
निजी कलेजका सञ्चालक नै विश्वविद्यालयको उपकुलपति बन्ने दौडमा
कास्की । पोखरा विश्वविद्यालयको उपकुलपति वन्नको लागि निजी कलेजका एकजना सञ्चालकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई दबाव दिएको खुलासा भएको...
-
राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन
काठमाडौं । सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन...
-
पोखरामा पुष्प प्रदर्शनी मेला सुरु
काठमाडौं । फुलै फुलको चार्ड तिहार पर्वको अवसरमा पोखरामा आठौँ संस्करणको गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक पुष्प मेला...
-
कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव
काठमाडौं । नवलपुरको गैडाकोटमा ‘आर्थिक विकासको मूल आधारः कृषि, पर्यटन, उद्योग र व्यापार’ नाराका साथ कृषि र पर्यटन प्रवर्द्धन गर्न...
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण
काठमाडौं । ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ...
-
सयपत्री फूलखेतीमा तनहुँका किसान आकर्षित
दमौली (तनहुँ): किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न...
-
रवि लामिछाने पक्राउ गरेको विरोधमा पोखरा प्रदर्शन
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन गरेका...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...