पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण
काठमाडौं । ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा रु ९९ लाख १९ हजार नौ सय ५३ को लागतमा भवन निर्माण भएको मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले बताईन् । उक्त भवनवाट सेवा सुरु भएपछि आठवटै वडाका साथै कास्कीको अन्नपूर्ण गाउँपालिकाका गर्भवती सुरक्षित प्रसूति सेवाका लागि सदरमुकाम कुश्मा र पोखराका अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । प्रसूतिगृहमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकसहित जनशक्ति व्यवस्थापन गरिने जानकारी उनले बताएकी छन् ।
गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि दिँदै आएको छ । पर्वतमा यो बाहेक ३८ वटा बर्थिङ सेण्टर सञ्चालनमा छन् । गत आर्थिक वर्षमा यी सेण्टरबाट पाँच सय ५१ जनाले सुरक्षित प्रसूति सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका ९२ वटा स्वास्थ्य संस्थामध्ये २७ वटा भाडाका भवनमा छन् । आफ्नै भवन भएका ६५ वटा स्वास्थ्य संस्था पनि पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति, खानेपानी नभएकोस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माको गुनासो छ ।
Comments
अरु समाचार
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
सयपत्री फूलखेतीमा तनहुँका किसान आकर्षित
दमौली (तनहुँ): किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न...
-
रवि लामिछाने पक्राउ गरेको विरोधमा पोखरा प्रदर्शन
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पोखरा विरोध प्रदर्शन गरेका...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
डेङ्गु सङ्क्रमण तीव्र, सावधानी अपनाउन चिकित्सकले सुझाए
गण्डकी, २५ भदौः गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्...
-
भूकम्पको धक्का महसुस
काठमाडौं। मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान...
-
आज कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। आज जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । हाल...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...