प्रदेश नं १ः सबै जिल्ला अस्पतालको स्तरोन्नति गरिने
विराटनगर १३, साउन । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले सरकारी अस्पताललाई पहिलो उपचार केन्द्रका रुपमा विकास गर्ने योजनानुसार काम प्रारम्भ गरेको छ ।
गत फागुन ३ गते स्थापित मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाका अस्पतालको स्तरोन्नति गर्न र गामीण क्षेत्रमा चिकित्सकको सेवा उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ ।
मन्त्रालयले ग्रामीण क्षेत्रका जनताको सेवालाई निरन्तरताका लागि दीर्घकालीन कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका गरीब तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहुलियत दिएर एमबिबिएस अध्ययन गराउन सहयोग गर्ने योजना तथा कार्यक्रम बनाएको छ ।
एमबिबिएस अध्ययन सकेपछि कम्तीमा पाँच वर्ष ग्रामीण क्षेत्रमा बसेर काम गर्न करार गराइने छ । पूर्व क्षेत्रको विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउन शिक्षण अस्पतालका रुपमा विकास गर्ने योजनानुसार प्रारम्भिक काम अस्पताल सुदृढीकरणबाट थालिएको छ ।
सोअनुसार मुटुरोग सेवा, प्रयोगशाला, नाक, कान, घाँटी उपचार सेवा, अर्बुदरोग उपचार सेवा जस्ता पुनःसञ्चालन गरिनाका साथै नशा उपचारका लागि बहिरङ्ग सेवा प्रारम्भ गरिएको छ ।
अस्पतालले मासिक आम्दानी करीब रु २० लाख गरेको पाइएको छ । मन्त्रालयले शिक्षण अस्पताल सञ्चालनका क्रममा यसै वर्ष एमडी र अर्को वर्षदेखि एमबिबिएसका कक्षा थालनी गर्ने मन्त्रालयका कर्मचारी गोपीप्रसाद घिमिरेले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा देखिएका जटिलताको समस्या पहिचान तथा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले मन्त्रालयले विसं २०७५ वैशाख १ गतेदेखि स्वास्थ्य प्रवद्र्धन वर्ष –२०७५ मनाउने कार्य थालनीसँगै प्रदेशभरी योग शिविर, सरसफाइ अभियान, ट्राफिक सचेतना कार्यक्रम गरेको छ ।
योग र प्राकृतिक चिकित्साको माध्यमबाट प्रतिरोधात्मक रोग नियन्त्रण र स्वास्थ्य प्रवद्र्धनमा पनि मन्त्रालयले ध्यान दिनेछ । जिल्ला अस्पतालको सेवालाई एकीकृत गरी आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा प्रणालीसमेत सञ्चालन हुने प्रबन्ध मिलाइने योजना मन्त्रालयको छ ।
गाउँघर र विकट पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउनका लागि प्रदेश मन्त्रालयले पाँचथरको रवी, संखुवासभाको धर्मदेवी मुढेशनिश्चरे, खोटाङको रावाबेंसी र ओखलढुंगामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी करीब ५० हजार जनालाई सेवा प्रदान गरेको मन्त्रालयका कर्मचारी घिमिरेले बताए ।
मन्त्रालयले प्रदेशमा स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मीको विवरण अद्यावधिक गर्नु, १४ वटै जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्नु, बाल विवाह अन्त्यका लागि सचेतना अभियान सञ्चालन गर्नु, स्वास्थ्य सरसफाइ तथा शिक्षासम्बन्धी जनचेतनामूलक सडक नाटक सञ्चालन गर्नु, किशोरीका लागि महिनावारी स्वास्थ्य अभियान सञ्चालन गर्नु, निजी अस्पताल तथा नर्सिङ होमको नियमन गर्नु सकारात्मक देखिएको छ।
त्यस्तै पक्षाघात भएका बिरामीका लागि स्वास्थ्य सुधारका लागि कोशी अञ्चल अस्पतालसँग समन्वय गरी उपचार कार्यक्रम सञ्चालनबाट ३५ जना लाभान्वित हुनु र सरसफाइ अभियानकै रुपमा सञ्चालन गर्दै सार्वजनिक शौचालय गाउँघर, आँगन सफा राख्नका लागि विभिन्न संघसंस्थाको सहकार्यमा चेतनामूलक, प्रवद्र्धनात्मक तथा नियमक क्षेत्रमा कार्ययोजना बनाई अभियान थालनी गर्नु मन्त्रालयको गठन भएको पाँच महीनाको उपलब्धिलाई नागरिकले खुशीका रुपमा लिएको पाइएको छ ।
Comments
अरु समाचार
-
कोशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेल गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना,...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...