धरान उपमहानगरकाले कहिले पाउछ मेयर
काठमाण्डाै १४, साउन । तारा सुब्बाको निधनपछि रिक्त धरान उपमहानगरका प्रमुख पदका लागि उपनिर्वाचनको टुंगो लागेको छैन । तर दलहरूबीच भने उम्मेदवार हुने आकांक्षी चर्चामा आउन थालेका छन् ।सुब्बाको साउन १ गते उपचारका क्रममा निधन भएको थियो ।
अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ – नेकपामा रमेश बस्नेत, इन्द्र राई, प्रकाश राई, अइन्द्रविक्रम बेघा, पदम इस्वो, मोती सुनुवार, नारायण सुवेदी र मनोजकुमार मेन्याङ्बोलगायतको नाम चर्चामा छ । नेकपाका जिल्ला संयोजक रमेश बस्नेतले भने, ‘अहिले खासै तयारी छैन । नगर प्रमुख तारा सुब्बाको देहान्तको शोक अझै छ, निर्वाचन आयोगले तयारी नगरेसम्म पार्टीमा कुनै चर्चा नगर्ने निर्णय भएको छ ।’
कांग्रेसबाट जिल्ला सचिव सुजेन्द्र तामाङ, नगर सभापति तिलक राई, पूर्वनगर सभापति किशोर राईको चर्चा चल्न थालेको छ । गत स्थानीय तहको चुनावमा कुल मतदाता ७९ हजार ८ सय १२ मतमा ५३ हजार ८ सय १२ मत खसेको थियो । उक्त चुनावमा तत्कालीन एमालेले २० हजार ९ सय ७५, संघीय समाजवादी फोरमलाई उपमेयर दिएर गठबन्धन गरेको कांग्रेसले १६ हजार १ सय २ र माओवादी केन्द्रले ११ हजार १ सय ८० मत प्राप्त गरेको थियो ।
निर्वाचन आयोगको नियमावलीमा ‘स्थानीय तहको प्रमुख, उपप्रमुखले राजीनामा दिए, देहान्त भएमा उपनिर्वाचन गर्न सक्ने छ’ भनिएको तर निर्वाचन हुनेछ नभनिएकाले निर्वाचन नै हुन्छ हुँदैन यकिन भन्न नसकिने अवस्था रहेको जिल्ला निर्वाचन आयोगका प्रवक्ता शान्तिबहादुर अधिकारीले बताए । उनले भने, ‘अरू स्थानीय तहको पनि उपनिर्वाचन गर्नुपर्ने होला । सरकारले जे निर्देशन दिन्छ सोहीअनुसार तयारी गर्ने हो । निर्वाचनका लागि सरकारले समन्वय गर्नुपर्छ । आयोगले मात्र गरेर हुँदैन ।’ उनले उपनिर्वाचन चाँडो गर्न स्थानीय तहले नै सरकारलाई दबाब दिनुपर्ने बताए
Comments
अरु समाचार
-
कोशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेल गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना,...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...
-
श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिक्रेटारबासी
काठमाडौं। भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या...