२० मुलुकका उच्च सैनिकको अभ्यास शुरु
काठमाडाैं २१, साउन । विपद्को समयमा मानवीय उद्धारमा खटिदा बहुर्राष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास आजदेखि शुरु भएको छ ।
अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका दुरसञ्चार ( सिग्नल) मार्फत बहुर्राष्ट्रिय सेनाबीच विपद्का समयमा सम्पर्क र समन्वय गरी मानवीय कार्यलाई प्रभावकारी तुल्याउनेबारे सैद्धान्तिक र व्यवहारिक अभ्यास हुनेछ ।
अभ्यासमा विभिन्न मुलुकका उपरथी तहसम्मका २७५ जना सैनिकको सहभागिता छ । स्न २००५ मा जापानमा आएको सुनामीपछि ठूलाखाले प्राकृतिक प्रकोपका घटनाका बेलामा उद्धारमा खटिएका बहुर्राष्ट्रिय सेनाको जिम्मेवारी र मानवीय उद्धार कार्यलाई व्यवस्थित तुल्याउन सैनिकले प्रयोग गर्ने दुरभास यन्त्रलाई समयानुकूल बनाउन यस्ता कार्यले निकै ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।
भूकम्प, सुनामीजस्ता ठूला खाले विपद्का घटना आएर सम्बन्धित मुलुकको दुरसञ्चार प्रणाली अवरुद्ध भएका समयमा सहयोग र सम्पर्क आदानप्रदान गर्न सैनिकले सञ्चालन गर्ने फ्रिक्वेन्सी निकै प्रभावकारी सावित हुँदै आएको छ ।
चौंध दिने सो अभ्यासमा नेपाल, अष्टे«लिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इण्डोनेसिया, जापना, मंगोलिया, माल्दिम्भ, मलेसिया, फिलिपिन्स, सिगापुर, श्रीलंका, थाइल्याण्ड, टोगो, भियतनाम, दक्षिण कोरिया, पपुवा न्यूगिनी र अमेरिका छन् ।
स्थलगतरुपमा प्राप्त गरेको ज्ञानका आधारमा नेपाली सेनाले २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पका समयमा बहुर्राष्ट्रिय सेनासँग आफनो सिग्नलमार्फत सम्पर्क, सहयोग र समन्वय प्रभावकारी ढंगबाट गरेको थियो । विश्वमा सूचना र प्रविधिको क्षेत्रमा के–कस्तो विकास भइरहेको छ भन्ने बारेमा जानकारी हासिल गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने यो कार्यक्रम नेपालमा यो दोस्रो पटक आयोजना गरिएको हो ।
तीन पटक योजना बनाएर त्यसका आधारमा वार्षिकरुपमा यस्ता अभ्यास विभिन्न मुलुकमा गरिन्छ । कार्यक्रमको उद्घाटन गर्दै युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले प्राकृतिक विपद्को समयमा हुनसक्ने मानवीय क्षतिलाई रोक्न र उद्धार कार्यलाई प्रभावकारी तुल्याउन बहुर्राष्ट्रिय सेनाबीच सहयोग र सम्पर्क कायम राख्न सहयोग पु¥याउने यस्ता अभ्यास निकै अर्थपूर्ण रहने धारणा व्यक्त गरे ।
नेपालमा २०७२ सालको भूकम्पको बेलामा बहुर्राष्ट्रिय सेनाबाट भएको उद्धार, सहयोग र समन्वयको स्मरण गराउँदै विपद्को बेला सेनाबीच सूचना आदानप्रदान र सही व्यवस्थापनको खाँचो रहेको बताए ।
अमेरिकी सेनाका कृष्टी विल्सनले विपद्को समयमा बहुर्राष्ट्रिय सेना परिचालन हुँदा मानवीय सहायता कार्यलाई निकै परिणामुखी तुल्याउन सकिने धारणा व्यक्त गरे ।
Comments
अरु समाचार
-
बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा
काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए...
-
भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको तथ्याङ्क
काठमाडौं । भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको...
-
स्लोभाकियामा रेल र बस ठोक्किँदा सातको मृत्यु,पाँच जना घाइते
काठमाडौं । दक्षिणी स्लोभाकियामा रेलवे क्रसिङमा यात्रुवाहक रेल र बस ठोक्किँदा सात जनाको मृत्यु र अन्य पाँच जना घाइते भएको...
-
हमासलाई सत्ताबाट नहटाएसम्म गाजामा युद्ध जारी रहन्छ: प्रधानमन्त्री नेतन्याहु
काठमाडौं । हमासलाई सत्ताबाट नहटाएसम्म दक्षिणी गाजामा युद्ध नरोकीने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छ । गाजाको रफाहमा जारी आक्रमणको...
-
रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु
काठमाडौं । रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १५ जनाको मृत्यु...
-
भारतले हालसम्मकै उच्च सीफूड निर्यात गरेको तथ्याङ्क
काठमाडौं । भारतले आर्थिक वर्ष २०२३–२४ मा हालसम्मकै सबैभन्दा धेरै सीफूड निर्यात गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका...
-
दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण
काठमाडौं । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले...
-
अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु
काठमाडौं । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले...
-
सन्दिग्ध भूमध्यसागरीय आप्रवासन दुर्घटनामा १० को मृत्यु, ५१ को उद्धार
काठमाडौं । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको...