तमिलनाडुका पूर्वमुख्यमन्त्रीको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो
काठमाडाैँ २३, साउन । तमिलनाडुका पूर्व मुख्यमन्त्री र डिएमकेका दिवंगत नेता एम. करुणानिधिको पार्थिक शरिर मरिना बीचमा गाडिने कि नगाडिने भनेर बुधबार बिहान मद्रास उच्च न्यायालयले निर्धारण गर्ने बताइएको छ ।
यसबारे मंगलबार राती उच्च न्यायालयका मुख्य न्यायाधिसको घरमा सुनुवाई सुरु भएको थियो जसलाई बुधबार बिहानसम्मका लागि स्थगित गरिएको थियो ।
अदालतले राज्य सरकारसँग यसबारे जवाफ मागेको छ ।
डीएमकेले तमिलनाडुका राजनीतिक दिग्गजको अन्तिम संस्कार गरिएको स्थानमा नै आफ्नो नेताको अन्त्येष्टि गरिनुपर्ने माग राखेको थियो । तर प्रदेशको एआईएडीएमके सरकारले यसको अनुमती दिएन ।
डिएमकेले यसका लागि उच्च न्यायालयको ढोका ढक्ढकायो र अबेर राती भएपनि अदालत बस्यो । अदालतले सरकारलाई बिहान आठ बजेसम्म जवाफका लागि समय दिएको छ ।
जुलाई २८ तारिखदेखि अस्पतालमा भर्ना भएका करुणानिधीको मंगलबार बेलुका ६ बजेर १० मिनेटमा निधन भएको हो । उनी ९४ वर्षका थिए ।
उनको पार्थिक शरिर उनको निवास गोपालपुरम पुर्याइएको छ । बुधबार उनको शव राजाजी हलमा राखिनेछ ।
डीएमकेका कार्यकारी अध्यक्ष एम के स्टालिनले आफ्नो पिताको नाममा एक भावुक पत्र पनि ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘मैले तपाईंलाई पिताभन्दा बढि एक नेताको रुपमा सम्बोधन गरेको छु । अब एक पटक, मेरा नेता, के म तपाईंलाई बुवा भनेर बोलाउन सक्छु ?’
राहुल–रजनीले मरिन बीचमा स्थान पाउनुपर्ने भन्दै अपिल गरेः
सरकारले अन्ना विश्वविद्यालयको अघिल्तिरको दुई एकड जमि उपलब्ध गराउन तयार भएको बताएको छ । यो इलाका मरिन बीचभन्दा आठ किलोमिटर टाढा छ ।
करुणानिधिका छोरा एमके स्टालिन, एमके अलागिरी र छोरी कनिमोझीले भने उनको पिताले अन्ना दुरेको समाधि नजिकै स्थान पाउन् भन्ने इच्छा व्यक्त गरेका छन् ।
डीएमकेका समर्थकले मरिना बीचमा करुणानीधीको अन्तिम संस्कार हुनेपर्ने मागमा तोडफोड पनि गरेका छन् ।
कांग्रेस अध्यक्ष राहुल गान्धीे पनि करुणानिधीको अन्त्येष्टी मरिना बीचमा नै हुनुपर्नेमा समर्थन गरेका छन् ।
राहुलले ट्वीट गरेका छन्, ‘जयललिला जी जस्तै करुणानीधी पनि तमिलका आवाज थिए । त्यो आवाजले मरिन बीचमा स्थान पाउनुपर्छ । मलाई विश्वास छ कि तमिल नाडुका नेता यो दुःखको घडीमा उदार व्यवहार देखाउनेछन् । ’
![](https://pbs.twimg.com/profile_images/980000107415314432/pJ3ANCkn_normal.jpg)
Comments
अरु समाचार
-
बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामाको घोषणा
काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए...
-
भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको तथ्याङ्क
काठमाडौं । भारतीय सेवा क्षेत्रको निर्यात बढ्दै गएको पाइएको छ । सन् २००९–१० मा केबल ९५ अर्ब डलर रहेको भारतको...
-
स्लोभाकियामा रेल र बस ठोक्किँदा सातको मृत्यु,पाँच जना घाइते
काठमाडौं । दक्षिणी स्लोभाकियामा रेलवे क्रसिङमा यात्रुवाहक रेल र बस ठोक्किँदा सात जनाको मृत्यु र अन्य पाँच जना घाइते भएको...
-
हमासलाई सत्ताबाट नहटाएसम्म गाजामा युद्ध जारी रहन्छ: प्रधानमन्त्री नेतन्याहु
काठमाडौं । हमासलाई सत्ताबाट नहटाएसम्म दक्षिणी गाजामा युद्ध नरोकीने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छ । गाजाको रफाहमा जारी आक्रमणको...
-
रुसको दागेस्तानस्थित सभाघरमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु
काठमाडौं । रुसको दक्षिणी प्रान्त दागेस्तानमा रहेका क्रिस्चियन र यहुदीहरूको सभाघरमा बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १५ जनाको मृत्यु...
-
भारतले हालसम्मकै उच्च सीफूड निर्यात गरेको तथ्याङ्क
काठमाडौं । भारतले आर्थिक वर्ष २०२३–२४ मा हालसम्मकै सबैभन्दा धेरै सीफूड निर्यात गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका...
-
दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण
काठमाडौं । दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले...
-
अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु
काठमाडौं । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले...
-
सन्दिग्ध भूमध्यसागरीय आप्रवासन दुर्घटनामा १० को मृत्यु, ५१ को उद्धार
काठमाडौं । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको...