बंगबन्धु गोल्डकप अक्टोबर १ देखि, नेपालसहित ६ राष्ट्रको सहभागिता हुने
काठमाडाैँ २५, साउन । बंगलादेशमा हुने बंगबन्धु गोल्डकप २०१८ आगामी अक्टोबर १ देखि आयोजना हुने भएको छ।
प्रतियोगितामा ६ राष्ट्रको सहभागिता हुने र अहिलेसम्म नेपाल, फिलिपिन्स र प्यालेष्टाइनले टिम पठाउने सहमती गरेको बंगलादेश फुटबल फेडेरेसनको अध्यक्ष काजी सलाहुद्धिनले बताएका छन्।
बंगलादेशका पिता मानिने बंगबन्धु शेख मुजिवर रहमानको सम्झनामा हुने प्रतियोगिता ढाकाको बंगबन्धु नेशनल स्टेडियम र सिलेट डिस्ट्रिक स्टेडियममा हुनेछ।
यसअघि नै बंगलादेश फुटबल फेडेरेसनको गत बिहीवार बसेको एक्जुकेटिभ कमिटिले अगष्ट १ देखि १५ सम्म प्रतियोगिता गर्ने निर्णय गरको थियो।
नेपालले सन् २०१६ मा भएको बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो। सन् १९९६ मा पहिलो पटक आयोजना भएको बंगबन्धु गोल्डकप अहिलेसम्म जम्मा ४ पटक मात्र भएको छ।
Comments
अरु समाचार
-
ओमानविरुद्ध नेपालले ५६ रनको शानदार जित निकाल्यो
क्यानडा । कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध ५६ रनको शानदार जित निकालेको छ। क्यानडामा भएको त्रिदेशीय टी-२० क्रिकेट...
-
नेपाल घरेलु टोली क्यानडासँग चार विकेटले पराजित
काठमाडौँ, १६ असोजः क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले स्तब्ध भएको छ ।...
-
त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल र क्यानडा भिड्दै
काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ...
-
‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित
काठमाडौँ, १४ असोज : क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।...
-
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला : आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने...
-
टी-२० आई सिरिज: पहिलो खेलमा क्यानडाले नेपाललाई १४ रनले हरायो
काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको छ । १२४ रनको सामान्य लक्ष्य...
-
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन आयोजना...
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...