ताजा समाचार

बंगबन्धु गोल्डकप अक्टोबर १ देखि, नेपालसहित ६ राष्ट्रको सहभागिता हुने

काठमाडाैँ २५, साउन । बंगलादेशमा हुने बंगबन्धु गोल्डकप २०१८ आगामी अक्टोबर १ देखि आयोजना हुने भएको छ।

प्रतियोगितामा ६ राष्ट्रको सहभागिता हुने र अहिलेसम्म नेपाल, फिलिपिन्स र प्यालेष्टाइनले टिम पठाउने सहमती गरेको बंगलादेश फुटबल फेडेरेसनको अध्यक्ष काजी सलाहुद्धिनले बताएका छन्।

बंगलादेशका पिता मानिने बंगबन्धु शेख मुजिवर रहमानको सम्झनामा हुने प्रतियोगिता ढाकाको बंगबन्धु नेशनल स्टेडियम र सिलेट डिस्ट्रिक स्टेडियममा हुनेछ।

यसअघि नै बंगलादेश फुटबल फेडेरेसनको गत बिहीवार बसेको एक्जुकेटिभ कमिटिले अगष्ट १ देखि १५ सम्म प्रतियोगिता गर्ने निर्णय गरको थियो।

नेपालले सन् २०१६ मा भएको बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो। सन् १९९६ मा पहिलो पटक आयोजना भएको बंगबन्धु गोल्डकप अहिलेसम्म जम्मा ४ पटक मात्र भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org