ताजा समाचार

हरितालिका तीज नजिकिए सगैँ,दैनिक साढे सात करोडको सुन अपुग

काठमाडाैँ २७, साउन । राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो ।

बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाईरहेको छ ।

माग अनुसार बैकबाट सुन नपाउँदा अर्डर लिन नसकेको यसका सञ्चालक दाना हमालले बताईन् ।

तिज आउन लागकोले गहनाको माग बढ्दो छ, उनले भनिन्, बैंकले मागे जति सुन् नदिएपछि १५ दिनदेखि अर्डर लिएका छैनौँ । ठुला ब्यवसायीले स्टक राखे पनि साना व्यापारी मार्कामा परेको हमाल बताउँछन् ।

लगानी गर्न सक्नेले एक—दुई किलो स्टक राख्छन् , उनले भनिन् साना व्यवसायी निकै समस्यामा छौँ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org