ताजा समाचार

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैँ २७, साउन । प्रतिनिधिसभाले पूर्व सदस्य भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य भरतशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

राणाको साउन २५ गते निधन भएको थियो।

गोरखा परिषद्का संस्थापक अध्यक्ष राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

२०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषद्लाई भरत शम्शेरले विनाशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए।

उनको ९१ वर्षको उमेरमा निधन भएको हो।

अर्को बैठक २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org