ताजा समाचार

नेपाल ईन्भेष्टमेन्ट बैंक २६% खुद मुनाफा सहित,उत्साहजनक प्रगति

काठमाडाैँ २९, साउन ।  बाणिज्य बैंकहरु मध्ये मजबुत र क्रमबद्ध प्रगति गर्दै आएको नेपाल ईन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । यो बैंकले खूद मुनाफामा २६.०५ प्रतिशतको प्रगति गरेको हो ।

 अवधिमा बैंकले ३ अर्ब ९६ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । बैंकले समीक्षा अवधिमा ८२ करोड भन्दा बढी संभावित जोखिम व्यवस्थापनबाट राइटब्याक गरेको छ ।

बैंकले वितरणयोग्य मुनाफा ३ अर्ब ५७ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले संचालन मुनाफामा समेत करिब २५ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ४१ करोड रहेको यस्तो मुनाफा बढेर ५ अर्ब ५२ करोडको उचाईमा पुगेको हो ।

व्यवसाय बिस्तारमा ध्यान दिएको बैंकले खूद ब्याज आम्दानी समेत बढेको छ । ४ अर्ब ८७ करोड रहेको यस्तो आम्दानी बढेर ५ अर्ब ८७ करोडको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा १३ अर्ब ४८ करोड ब्याज आम्दानी गरेको बैंकको ब्याज खर्च भने ७ अर्ब ७१ करोड ऋणात्मक छ ।

बैंकले यो अवधिमा १ खर्ब ४० अर्ब निक्षेप संकलन गरी १ खर्ब २० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ खर्ब २५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब कर्जा परिचालन गरेको थियो । यसरी निक्षेप र कर्जातर्फ बैंकले क्रमशः ११.४६ र १५.०२ प्रतिशतको फड्को मारेको देखिएको छ ।

बैंकले जगेडाकोषको आकारलाई समेत थप बिस्तार गरेको छ । अघिल्लो  वर्ष १३ अर्ब बढी रहेको कोषमा १४ अर्ब ८५ करोड बढी रकम सञ्चित भएको छ ।

चुक्तापूँजीमा १५.२१ प्रतिशतको प्रगति गरेको बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ३४.०३ रुपैयाँ रहेको यस्तो आम्दानी बढेर ३७ रुपैयाँ २३ पैसाको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा बैंकमा खराब कर्जा भने बढेको छ । अघिल्लो वर्ष ०.८३ प्रतिशत रहेको यस्तो कर्जा बढेर १.०३ प्रतिशत पुगेको हो ।

बैंकको प्रतिसेयर नेटवर्थ २३९.५५ रुपैयाँ कायम भएको छ । यस्तै, पीई रेसियो १८.४१ गुणा कायम भएको छ भने इक्वीटीमा प्रतिफल १६.३१ प्रतिशत र सम्पत्तिमा प्रतिफल २.१० प्रतिशत रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org