ताजा समाचार

ज्योति विकास बैंक र कुमारी बैंक बिच रेमिट्यान्स सम्झौता

काठमाडाैँ ३०, साउन । ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश सिह भण्डारीले हस्ताक्षर गरे ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन भने यस आर्थिक वर्ष भित्र थप  ३० शाखा संचालनमा आउँदैछन ।

ज्योति विकास बैंक अव कनेक्ट आइपीएस प्रणालीमा पनि

ज्योति विकास बैंक नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस प्रणालीमा आजबाट आवद्ध भएको छ  । बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्न सक्नेछन् ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्ने व्यवस्था रहेका छन् ।

यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छनर छिटै अन्य सेवाहरु समेत थपगर्न सकिने गरि काम भैरहेको जानकारी कम्पनीले गराएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org