सेञ्चुरीको गज्जबको कमाल,खूद नाफातर्फ ७४.६७ प्रतिशतको छलांग
काठमाडाैँ ३०, साउन । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा खूद नाफातर्फ ७४.६७ प्रतिशतको छलांग हानेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिमा ५० करोड १३ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर समीक्षा अवधिमा ८७ करोड ५७ लाखको उचाई चुमाएको हो । यो नाफा वितरणयोग्य मुनाफा समेत हो ।
बैंकले यो अवधिमा संभावित जोखिम व्यवस्थापनबाट ११ करोड २८ लाख रुपैयाँ राइटब्याक समेत गरेको छ ।
बैंकले संचालन मुनाफामा समेत उस्तै फड्को मारेको छ । अघिल्लो वर्ष ७७ करोड ४२ लाखमा सीमित संचालन नाफा बढेर यो वर्ष १ अर्ब २७ करोडको उचाईमा पुगेको हो ।
व्यवसाय बिस्तारमा बैंक नेतृत्वले ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्ष १ अर्ब १३ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ८३ करोड पुगेको छ ।
बैंकले ६ अर्ब ८ करोड ब्याजबाट मात्र आम्दानी गरेको छ । ब्याज खर्च ४ अर्ब २४ करोड रुपैयाँ रहेको देखिएको छ ।
समीक्षा अवधिमा सेञ्चुरी बैंकले ६१ अर्ब ३२ करोड निक्षेप संकलन गरी ५४ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४२ अर्ब ५९ करोड निक्षेप संकलन गरी ३९ अर्ब ५० करोड कर्जा परिचालन गरेको थियो ।
बैंकले आफ्नो जगेडाकोषलाई निकै मजुबत बनाएको छ । अघिल्लो वर्षसम्म ५२ करोड १२ लाखमा सीमित जगेडाकोषको आकारलाई १७९.७० प्रतिशतले बढाएर १ अर्ब ४५ करोडको उचाईमा पुर्याएको हो ।
बैंक व्यवस्थापनले खराब कर्जाको असूलीलाई प्राथमिकतामा राखेको रिपोर्टबाट देखिन्छ । यसैको फलस्वरुप १.१५ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.४० प्रतिशतमा झार्न बैंक सफल बनेको छ ।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७५.७८ प्रतिशत, कस्ट अफ फण्ड ८.८६ प्रतिशत, इक्वीटीमा प्रतिफल १०.१६ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.२० प्रतिशत कायम भएको छ।
अघिल्लो वर्ष यही अवधिमा ८.६८ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी(इपीएस) बढेर १०.८६ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ११८.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५६ गुणा कायम भएको छ ।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...