ताजा समाचार

नेप्से २९ अङ्कले बढ्दा १ अर्ब ४३ करोडको कारोबार

अघिल्लो साताको बिहीबार १ हजार १ सय ८० दशमलव ९३ अङ्क कायम भएको नेप्से २९ अङ्कले बढेर साताको अन्तिम दिन बिहीबार १ हजार २ सय १० दशमलव ३२ अङ्क कायम भएको छ । यस्तै सातामा १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

काठमाडाैँ २, भदाै ।   सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साउनको अन्तिम साता भने परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । लगातार घट्दै आएको बजारमा महिनाको अन्तिम साता एकाएक सुधार आउँदै नेप्से सकारात्मक बाटोतर्फ लागेको छ । नेप्से करिब ३० अङ्कले बढेको छ भने कारोबार ५६ दशमलव १० प्रतिशतले बढेको छ ।

अघिल्लो साताको बिहीबार १ हजार १ सय ८० दशमलव ९३ अङ्क कायम भएको नेप्से २९ अङ्कले बढेर साताको अन्तिम दिन बिहीबार १ हजार २ सय १० दशमलव ३२ अङ्क कायम भएको छ । यस्तै सातामा १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

साताको पाँचै दिन कारोबार भएको नेप्सेमा १ दिन गिरावट आएको छ भने ४ दिन सकारात्मक सुधार भएको छ । पहिलो दिन आइतबार घटेको नेप्से त्यसयता लगातार बढेर बन्द भएको छ । गत साता ९१ करोड रुपैयाँमा सीमित भएको कारोबार रकम यस साता उल्लेख्य रुपमा बढेको छ । नेप्सेका अनुसार सातामा १ सय ८५ कम्पनीका २२ हजार ५ सय २० कारोबारबाट १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरका ४५ लाख २ हजार ४ सय ५० कित्ता सेयर खरिदबिक्री भएका छन् ।

गत साता नेप्सेमा १ सय ८१ कम्पनीका १६ हजार ३ सय ७० कारोबारबाट ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँबराबरका ३६ लाख ४७ हजार ८ सय ४० कित्ता सेयर खरिदबिक्री भएका थिए । यस्तै नेप्सेमा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिन आइतबारको तुलनामा ९ दशमलव ६८ अङ्कले घटेर २ सय ५५ दशमलव ३८ अङ्क कायम भएको छ ।

सातामा नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी सात करोड ८४ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा मेगा बैङ्क अग्रस्थानमा छ । कम्पनीको सातामा एक लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ भने आरम्भ माइक्रोफाइनान्सको १ हजार २ सय ६५ वटा कारोबार भएको छ ।
सातामा नबिलको ४९ लाख, प्राइम कमर्सियलको ३८ लाख नेपाल इन्भेस्टमेन्ट र नबिल बैङ्क संस्थापकको समान ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org