ताजा समाचार

महासमिति बैठकसंगै महाधिवेशनको तयारिमा कांग्रेस,कस्को पोल्टामा अब कांग्रेस

काठमाडाैं ७,भदाै । नेपाली कांग्रेसको महासमिति बैठकमा नेतृत्वका बारेमा गम्भीर कुरा उठाएर महाधिवेशन समयमै गराउने गरेर तयारी थाल्ने भएको छ ।

डेढ वर्षपछि सभापति शेरबहादुर देउवाको कार्यकाल सकिने भएपछि काँग्रेसमा अहिलेबाटै नयाँ नेतृत्वबारे बहस सुरु भएको kaQछ ।

निर्वाचनमा अस्वभाविक पराजय भोगेको कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा समेत उठेको थियो तर, देउवाले कसैगरि मिलाएर लैजाने भन्दै पार्टीमा थामथुम पारेर राखेका छन् ।

कांग्रेसमा नेतृत्व लिनका लागि तीन नेताले दाैडधुप बढाएका छन् । कांग्रेसमा सभापतिका लागि हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला मैदान नछोड्ने मनस्थितिमा छन् ।

कोइराला परिवारको विरासत फर्काउने भनेर तीन कोइरालासंगै उभिएर काम गर्ने बताइरहेका बेला रामचन्द्र पाैडेललाई थप चटारो परेको छ । यता कांग्रेस महामन्त्री शशांक कोइराला आफै मैदानमा उत्रेर कोइराला परिवारको विरासतलाई जोगाउने र कांग्रेसको पर्यावाची शब्द कोइरालाई फेरि एकपटक कांग्रेसको पहिचान बनाउने सोचमा पुगेका छन् ।

काँग्रेस महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरला र नेतृ सुजाता कोइरालाबीच एकताको सन्देश दिन र पकड कायमै छ भन्ने देखाउन सामूहिक तस्बिर खिचेर सार्वजनिक हुँदै आएका छन् । यति मात्रै होइन, महामन्त्री शशांक कोइरालाले त गत शनिबार विराटनगर पुगेर सभापति देउवाको व्यवहार र कार्यशैलीको कडा आलोचना नै गरे । उनले अब हुने १४औँ महाधिवेशनमार्फत कोइराला परिवारले काँग्रेसको नेतृत्व गर्नेसमेत बताए ।

१३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले अहिलेसम्मको कार्यकालमा पार्टीको विधि विधानको बेवास्ता गरेको तथा पार्टीलाई संस्थागतभन्दा पनि व्यक्तिगत ढङ्गबाट चलाएको भन्दै पार्टीमा चर्को असन्तुष्टि हुँदै आएको छ ।

यसरी असन्तुष्टि पोख्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, नवीन्द्र राज जोशीलगायत छन् । उनीहरु देउवाको बिकल्प खोजेर पार्टीलाई विधानसम्मत चलाउनमा सवै लागेर काम गर्ने जनाउदै आएका छन्तर देउवा भने कसैको कुरा सुन्नेमा देखिन्नन् ।

कांग्रेस नेताहरु छुट्टाछुट्टै गुट चलाउदै आएका छन् । तर, देउवाले भने पार्टीलाई एक नम्बरको पार्टी नबनाएसम्म बिश्राम नलिने जनाउदै सवैको मुखमा ताला लगाइ सकेका छन् । कांग्रेसमा विवाद देएपनि नेताहरु कांग्रेसको गुमेको विरासतलाई फर्काउने गरेर गृहकार्य गर्न भन्दै तयारीमा लागेरको जनाइएको छ ।

यता पाैडेल पनि कांग्रेसको नेतृत्व गेरर मात्रै विदा लिने जनाएदै आएका छन् । उनको भित्री चाहना समेत कांग्रेसको सभापति बनेर कांग्रेसलाई हाँक्ने नै रहेको छन् ।

महासमिति बैठकले महाधिवेशनको मिति तोक्ने

महासमितिको बैठकको मिति तय गर्न भन्दै भदाै ८ गतेलाई केन्द्रिय समिति बैठक बोलाइएको छ । महासमिति बैठकको तयारीका बारेमा छलफल हुने र त्यही बैठकले मितिसमेत तोक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । त्यस्तै काँग्रेसले विधान मस्यौदा समिति गठन गर्ने अन्तिम तयारी गरेको छ ।

यद्यपि मस्यौदा समितिको केन्द्रीय समिति बैठकबाटै घोषणा गर्ने वा अघि नै गर्ने भन्ने निश्चित भइनसकेको प्रवक्ता शर्माले बताए । ‘केन्द्रीय समिति बैठकमा विभिन्न राजनीतिक, आर्थिक, साङ्गठानिक प्रतिवेदनहरू प्रस्तुत हुने र सोहि अनुरुप काम अगाडी बढ्ने प्रवक्ता शर्माले जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org