काठमाडौं–हेटौडा सुरुङमार्गमा पावर चाइनाले ९५% लगानी गर्ने
काठमाडाैँ २१,भदाै । लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ । सुरुङमार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनका लागि सहमति भएको हो ।
गत साता भएको जेडीएमा पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति गरेको एनपीबीसीएलले जनाएको छ । पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मासमेत लिएको जनाइएको छ ।
पावर चाइनाले एनपीबीसीएलको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेको छ भने कम्पनी पछिल्लो ३० महिनादेखि पटकपटक आयोजना क्षेत्रको स्थलगत भ्रमण सम्पन्न गरिसकेको छ । पावरचाइनाले गत वर्षको पुसमा प्राविधिक प्रस्तावसमेत पेश गरिसकेको छ । पुनरावलोकनपश्चात यस परियोजनामा सडकको कुल लम्बाईमध्ये ४४ प्रतिशत सुरुङ तथा पुलले ओगट्ने छ । जसका कारणयो आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीले लिएको छ । कम्पनीले यो प्रविधि नेपालको कठिन पहाडी क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने विश्वास व्यक्त गरेको जनाएको छ ।
पावर चाइनासँग २०७२ पुसदेखि नै कम्पनीले लगातार आपसी छलफल तथा विचार विमर्श गरेको थियो । यसैको परिणामस्वरुप पूर्वाधार विकास कम्पनी लिमिटेडले पावर चाइनासँग गत वर्षको मे महिनामा चीनको बेइजिङमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा ईपीसी क्न्ट्र्याक्टमा हस्ताक्षर गर्न सफल भएको थियो । हस्ताक्षर समारोहमा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री एवं हालका सभामुख कृष्णबहादुर महरासमेत सहभागी थिए ।
विश्वप्रसिद्ध पावर चाइना कम्पनीमा सिनो हाइड्रोलगायत ९८ वटा सहायक कम्पनीहरु रहेका छन् । नेपालमा समेत यो कम्पनी सिनो हाइड्रोमार्फत ३० वर्षदेखि जलविद्युत् तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न छ । एनपीबीसीएल र पावर चाइनाबीच भएको सम्झौतापत्र नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश नं. ३ को सरकारसमक्ष पेश गरिसकेको छ । साथै, यस परियोजनामा केन्द्रीय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको जनाइएको छ ।
भट्ट फेरि अध्यक्ष
नेपालको निजी क्षेत्रद्वारा प्रवद्र्धित र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा बन्ने यो आयोजनाको निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको मंगलबार बसेको सञ्चालक समिति बैठकले कम्पनीका सञ्चालक भवन भट्टलाई अध्यक्षमा चयन गरेको छ । यसअघि छोटो समय कम्पनीको नेतृत्व गरेका भट्ट गैरआवासीय नेपाली संघका अध्यक्षसमेत हुन् । कम्पनी सचिव प्रतापसिंह ठकुराठीका अनुसार बैठकले पुसभित्रै कम्पनीको वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।
Comments
अरु समाचार
-
प्रतितोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८००...
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...