ताजा समाचार

यसरी गर्जिए गगनःसोच र क्षमतामै बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ?

काठमाडौं ३१,भदाै । नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापा बादलको सोच र क्षमतामा नै प्रश्न लागेको बताउँदै उनको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनले गृहमन्त्रीका पटक पटकका गल्तीमा पनि आफूहरु नबोलेको तर पछिल्लो समयमा निर्मला पन्तको जघन्य अपराध गर्ने पापीहरुलाई आफ्नै संयन्त्र जोगाउन लागिरहँदा पनि गृहमन्त्रीलाई कुनै ग्लानीबोध नहुनु दुखद भएको बताए ।

शून्य समयमा थापाले राखेका धारणा यस्तो थियो –
ठूलो माछा पक्रन सक्नुभएन हामी बोलेनौं । कामचोर व्यवसायीलाई कानुन नै नबनाइ पक्रनुभयो आफैं छोड्नुभयो हामी बोलेनौं । डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो हामी बोलेनौं । लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो हामी बोलेनौं । हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठिकै हो क्षमतामा बादल लागेको मात्रै होला । तर हिजो हामी जब बोल्यौं हामीले थाहा पायौं ।

युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने आफ्नो हिरासतमा राममनोहर यादव मारिँदा हामी निर्मला पन्तलाई जघन्य अपराध गर्ने पापीहरुलाई आफ्नै संयन्त्र जोगाउन लागिरहँदा ग्लानीबोध नभएको गृहमन्त्रीको क्षमतामा मात्रै होइन रहेछ बादल लागेको । बादल त गृहमन्त्रीजीको सोचमा लागेको रहेछ । सम्माननीय सभामुख महोदय,सोच र क्षमतामै बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org