फिलिपिन्समा ६४ को ज्यान लिएको आँधी चीन पुग्यो, थुप्रै शहरमा ‘हाई अलर्ट’
एजेन्सि१,असोज। फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि म्यांगकूट आँधी चीन पुग्ने बित्तिकै दुई जनाको मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ प्रतिघण्टा एक सय ६२ किलोमिटर गतीमा हावा बहिरहेको छ ।
ग्वांगडूंगमा सबैभन्दा तीब्र गतीको आँधी आउने ‘हाई अलर्ट’ जारी गरिएको छ । यो आँधीले हंगकंगमा पनि विनास निम्त्याएको छ । गगनचुम्बी भवनका झ्याल–ढोकामा क्षती पुगेको छ ।
फिलिपिन्समा मृत्यु हुनेको संख्या ६४ पुगेको छ जसमा धेरैजसोको मृत्यु भारी वर्षापछिको पहिरोका कारण भएको छ ।
म्यांगकूटलाई सन् २०१८ को सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।
चीनमा कस्तो असर ?
चीनको सरकारी मिडिया अनुसार म्यांगकूट आँधीका कारण दुईको मृत्यु भएको छ । उक्त आँधी चीनको तटीय शहर जियांगमेनमा अपरान्हमा पुग्यो ।
हज्जारौंलाई ग्वांगडूंग बाहिर पठाइएको छ र प्रशासनले चेतावनी जारी गरेको छ ।
हंगकंगमा पनि प्रशासनले हाई अलर्ट जारी गर्दै मानिसहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिएको छ । त्यहाँ हावाको गती एक सय ७७ किलोमिटर प्रतिघण्टा रहेको छ ।
घाइतेका संख्या एक सय ११ बताइएको छ । शहरम पानीको स्तर १२ फुटसम्म पुगेको छ र सडकमा जिउँदा माछाहरु तैरिरहेका छन् ।
धेरैजसो पसल र सार्वजनिक सेवा बन्द गरिएको छन् । यो आँधीले विमान परिचालनमा पनि विशेष असर पुर्याएको छ । हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलमा आठसय बढि उडान रद्द गरिएका छन् । यसले एक लाख यात्रु प्रभावित भएका छन् ।
फिलिपिन्सको एकै प्रान्तमा १९ को मृत्यु?
यद्यपी, यी चेतावनीमाथि मानिसहरुले खासै ध्यान दिएनन् । हंगकंगका निवासी हाओ चेनले समाचार एजेन्सी एएफपीलाई भने, ‘म बिहान मर्निङ वकमा गएको थिएँ । मलाई ताजा हावा निकै मनपर्छ र सडकमा कोही पनि थिएनन्, कुनै सवारी साधन थिएनन् । सामान्य दिनमा हामीले यस्तो देख्नु असम्भव छ ।’
छिमेकी मकाउ शहरमा पहिलो पटक प्रान्तको सबैभन्दा चर्चित क्यासिनो बन्द गर्ने आदेश दिएको छ ।
मंगलबासम्म म्यांगकूट आँधी कमजोर हुने सम्भावना छ ।
यो आँधीका कारण फिलिन्समा थुप्रैको मृत्यु भएको छ । अधिकारीका अनुसार फिलिपिन्सको कार्डिलेरा र न्यूएवा विजकायामा पहिरोका कारण धेरैको मृत्यु भए तीमध्ये धेरैजसो बालबालिका छन् ।
Comments
अरु समाचार
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
लेबनानमा इजरायलकोे आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ९२
जेरुसलेम । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...