डलरको भाउ र भन्सार मूल्यांकन वृद्धिले यो वर्षको दशैं महँगिने
काठमाडौं २,असोज । डलरको भाउ र भन्सार मूल्यांकन वृद्धिले यो वर्षको दशैं महँगिने भएको छ।व्यवसायीका अनुसार यो दशैंमा तयारी पोशाक,जुत्ता/चप्पल र विद्युतीय उपकरणको भाउ २० प्रतिशत महँगो हुनेछ।
खाद्यान्नमा समेत नेपाल विदेश निर्भर रहेकाले केही महँगिनेछ।नेपाल सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले डलर र भन्सार मूल्यांकन वृद्धिले चीनबाट आउने सामानको मूल्य बढेको बताए।‘चीनबाट आउने सामानको मूल्य बढेर आएको छ। गत वर्ष भन्दा सबै सामानको मूल्य २० प्रतिशत भन्दा बढेको छ ।
नेपाल चेम्बर अफ कमर्शका कोषाध्यक्ष निरज रार्इले चीनबाट आउने सामान महँगो भएकाले यो वर्षको दशैंमा उपभोक्तालार्इ अतिरिक्त भार पर्ने बताए।उनका अनुसार पहिरोका कारण केरुङबाट आउने सामान करिब एक महिना बन्द भयो।‘केरुङमा दशैंका लागि आएका दुर्इ हजार भन्दा बढी कन्टेर सामान छन्। अहिले ट्रक तथा कन्टेनर व्यवसायीले समेत भाडा महँगो बनाएकाले सामानको मूल्य थप बढ्ने देखिएको छ’उनले भने। अहिले केरुङदेखि काठमाडौंसम्म एक कन्टेनर सामान ल्याउँदा दुर्इ लाख रुपैयाँको हाराहारीमा लिन थालेका छन्।
डलरको भाउ
पछिल्लो समयमा नेपाली मुद्राको तुलनामा डलरको भाउ महँगो भएको छ।नेपाली मुद्रा कमजोर हुँदा विदेशबाट आयात हुने सामान महँगो हुनेछ।अहिले एक डलर किन्नका लागि १ सय १६ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ।अधिकांश सामान विदेशबाट आयात गर्नुपर्ने भएकाले नेपाल आउने सबै सामान डलरका कारण महँगो भएको छ।
सडकमार्गको भार
भारत तथा चीनबाट आउने सामान स्थल मार्गबाट बढी आउँछ।नेपालतर्फ आउने सडकमार्गमा पहिरो लगायतका समस्याले पनि भाउ महँगो पर्ने गरेको छ।
तेस्रो मुलुकबाट आउने सामान भारतसम्म जलमार्गहुँदै आउँछ।भारतबाट ट्रक कन्टेनर र कार्गो रेलमार्फत वीरगंजमा आउने गर्छ।चीनको केही भारतहुँदै नेपाल आउँछ भने धेरै सामान केरुङबाट आउँछ।केरुङबाट नेपाल आउने सडकमार्ग विभिन्न कारणले अवरुद्ध हुँदा समेत समयमा सामान नआउने र ढुवानी भाडा महँगो पर्ने गरेको छ।
बैंकको व्याजदर
व्यवसायीले बैंक ऋणमार्फत व्यवसाय गरिरहेका हुन्छन्। पछिल्लो समयमा बैंक ब्याजदरनै महँगो भएकाले समेत विदेशबाट आयात भएका सामान महँगिने गरेको छ।
यस वर्ष बैंक तथा वित्तीय संस्थाको औसर आधार व्याजदर नै १२ प्रतिशत हाराहारी छ।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ओभर ड्राफ्टमा कडाइ गरेपछि व्यवसायीले सहकारीसम्म पुग्ने गरेका छन्।सहकारीबाट लिएको ऋण थप महँगो हुन्छ।
तेलको मूल्य वृद्धि
पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएपछि नेपाल आयल निगमले प्रत्येक १५/१५ दिनमा तेलको मूल्य बढाइरहेको छ।
सोमबार मात्रै पेट्रोल र डिजलको मूल्य २ रुपैयाँ र ३ रुपैयाँ बढायो।तेलको मूल्यवृद्धिले समेत आयातित सामान ढुवानी गर्दा महँगो भएको छ।
स्थानीय कर
स्थानीय र प्रदेश सरकारले स्रोत जुटाउन विभिन्न कर लगाएका छन्।त्यो करको भार पनि उपभोक्तालार्इनै पर्छ।
बाख्रादेखि अण्डासम्ममा कर लगाएकाले त्यसले समेत दशैं महँगो बनाउनेछ।व्यवसायीका अनुसार खसीबोकामा समेत कर लगाएका कारण यो दशैं महँगो पर्छ।
भारतबाट आयात हुने चौपायामा कर तथा विभिन्न मूल्याङ्कनले गर्दा खसीबोकाको मूल्य बढेको छ।व्यवसायीका अनुसार ढुवानी खर्च र विभिन्न करका बहानामा प्रति चौपाय ९ सय रुपैयाँ मूल्य बढेको छ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...