ताजा समाचार

सरकारले तोक्यो पेट्रोल-डिजेलमा कोटा, बाइकलाई पाँच लिटरमात्रै

काठमाडाैँ ५,असोज। सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।

नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ ।

निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ । यस्तै अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।
एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ ।

मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि भारतीयबाट हुँदै पेट्रोलियम पदार्थको आयात प्रभावित भएको छ ।
आयात रोकिएसँगै काठमाडौंसहित देशका विभिन्न क्षेत्रका पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिन थालेको छ । इन्धनको हाहाकार मच्चिने त्रासमा धेरैले स्टक गर्न खोजेपछि निगमले वितरण प्रणालीमा नियन्त्रण गरेको हो ।

पेट्रोलियम पदार्थको ढुवानीको मुख्य नाका रक्सौल डिपोबाट २ असोजदेखि एक थोपा इन्धन भित्रिएको छैन । रक्सौल डिपोबाट इन्धन आयात रोकिने बित्तिकै काठमाडौंमा सबभन्दा बढी प्रभाव देखिने गरेको छ ।

निगमसँग पर्याप्त इन्धन स्टक गर्ने क्षमता नहुँदा दुई दिन ढुवानी रोकिनासाथ बजारमा अभाव सृजना हुने गरेको छ । सामान्यतः आयात रोकिँदाको अवस्थामा पनि ७ दिनका लागि पुग्ने इन्धन स्टक रहने निगमले बताउने गरेको छ ।

तर आयात रोकिएको तीन दिन नबित्दै वितरणमा कोटा तोकेपनि निगमका निर्देशक एवं प्रवक्ता बिरेन्द्र गोइतले भने पर्याप्त इन्धन स्टक रहेको दावी गरे ।
‘दुई गतेदेखि रक्सौल डिपोबाट तेल आएको छैन, सिलीगुढी डिपोबाहेक अन्य नाकाको अवस्था पनि त्यस्तै छ’, उनले भने ।

यो कोटा प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि भन्दै उनले हाहाकार मच्चिहाल्ने अवस्था भने नरहेको बताए ।


पेट्रोल पम्पमा लाइन, आयल निगम भन्छ – ‘नअत्तालिनुहोस्, अझै ६ दिनलाई पुग्ने स्टक छ
काठमाडौँ । नेपाल आयल निगमले काठमाडौ लगायत कुनैपनि स्थानमा पेट्रोलियम पदार्थ अभाव नभएको र हुन नदिने दाबी गरेको छ ।

निगमले केही पेट्रोल पम्पहरुमा उपभोक्ताहरु आत्तिएर लाइनमा बसेको भन्दै नअत्तालिन आग्रह गरेको छ ।

आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले निगमले शुक्रबारमात्रै काठमाडौँमा साढे ६ लाख लिटर पेट्रोलियम पदार्थ बजारमा पठाएको बताए ।

उनले अन्य दिनमा पनि साढे ५ लाखदेखि ६ लाख लिटरसम्म पेट्रोलियम पदार्थ बजारमा जाने भएकाले त्यसको अनुपातमा अहिले पनि वितरण भइरहेको बताए । निगमले अझै दिनलाई पुग्ने पेट्रोलियम पदार्थ स्टक रहेको समेत जानकारी दिएको छ ।

आयल निगमले यस्तो दाबी गरेपनि उपत्यकाका अधिकांश पेट्रोलपम्पमा सवारीसाधनको लाइन लागेको छ । उपभोक्ताले भने पम्पहरुले पर्याप्त पेट्रोलियम पदार्थ नदिएको बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org