ताजा समाचार

आइएमर्इको दशैंतिहार गज्जबको अफर, आइएमर्इमार्फत पैसा पठाउनेले जित्नेछ २० लाख रुपैयाँ

काठमाडाैँ ७,असोज । आइएमर्इ रेमिटेन्स कम्पनीले दशैं,तिहार र छठलार्इ लक्षित गर्दै ‘दशैंमा बीस लाख’ योजना ल्याएको छ।

यो योजना आइतबारदेखि मंसिर मसान्तसम्म कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ।योजना अवधिमा स्वदेश तथा विदेशबाट आइएमर्इ गर्ने सबै सेवाग्राही सहभागी हुनसक्ने कम्पनीले जनाएको छ।

योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नुहुनेछ ।कम्पनीका अनुसार यो अवधिमा कारोबार भएकालार्इ आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट गरिनेछ।कम्पनीका अनुसार हरेक दिन १० जनाले ‘आइएमई पे’मार्फत एक हजार रुपैयाँको  बिल भूक्तानी, हरेक हप्ता एक  जनालार्इ १० हजार नगद, हरेक महिना एक जनालार्इ एक लाख रुपैयाँ र वम्पर उपहार एक जनाले २० लाख रुपैयाँ नगद पाउनेछन्।

‘लक्कीड्र’बाट छानिएका विजेताले सेवाग्राहीको सिफारिश अनुसार नेपालमा बस्ने आफन्तले पुरस्कार लिन पाउने कम्पनीले जनाएको छ। सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्ने कम्पनीले जनायो। आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार विजेताले पाउने पुरस्कारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org