इन्द्रजात्रा विदाको दिनमा समेत आयल निगमले तेल दिँने तेलका लागि लाइन बस्ननर्पे
काठमाडौं। नेपाल आयल निगमको थानकोट डिपो सोमबार इन्द्रजात्राको विदाको दिनमा पनि खुल्ने भएको छ।
उपत्यकामा पेट्रोलियम पदार्थको अभाव हटाउन विदाको दिनमा समेत पेट्रोलियम पदार्थ वितरण गर्न लागिएको डिपो प्रमुख भरत रेग्मीले बताए। निगमले शनिबार पनि डिपो खोलेर पेट्रोलियम पदार्थ वितरण गरेको थियो।‘हामीले सोमबार विदा भएपनि मागे जति तेल दिदैछौं। यसले उपत्यकामा अभाव पूरै हट्छ भन्ने हाम्रो विश्वास छ।’उनले न्युज नेपाल सँग भने।
उनका अनुसार आइतबार काठमाडौंका धेरै पम्पमा सवारी साधनको लाइन घटेको थियो। रेग्मीका अनुसार सोमबारबाट पम्पमा सवारी साधनको लाइननै हुने छैन।‘आइतबार हामीले विक्री गरेको तेलका आधारमा सोमबार विहानै लाइन हुँदैन। हामीले आइतबार ८ लाख ६५ हजार लिटर पेट्रोल र १२ लाख ७५ हजार लिटर डिजल वितरण गरेका छौं’ रेग्मीले भने।
चार दिनको चालक हड्तालले मुलुकभर तेलको अभाव भएको थियो। निगमले तेल आपूर्ति प्रभावित भएपछि उपत्यकामा नाकाबन्दीको जस्तै कोटा प्रणाली लगाएको थियो। यो कोटा प्रणाली समेत निगमले आइतबारदेखि हटाएको छ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












