दसैंको मुखमा आकासियो खाद्यान्नको मूल्य,उपभोक्ता मारमा
इन्धनको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेकाले खाद्यान्नको मूल्य पनि बढेको व्यवसायीको भनाइ छ ।
काठमाडाैँ ११,असोज । दसैको मुखमा आएर दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य वृद्धि भएको छ । सार्वजनिक यातायातको भाडा बढेसँगै तेल, मैदा, आँटा, चिनी, चामललगायतका खाद्यवस्तुको मूल्य प्रतिकेजीमा ५ देखि १५ रूपैयाँसम्म बढेको हो । चाडपर्वको मुख खाद्यान्नको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तालाई परेको छ । इन्धनको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेकाले खाद्यान्नको मूल्य पनि बढेको व्यवसायीको भनाइ छ ।
नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले तेल, मैदा, आँटा, चिनी, चामललगायतका खाद्य वस्तुको मूल्य बढेको बताए । ठूला होलसेल व्यापारीले मूल्य बढाएकाले पनि मूल्य बढाउनुपरेको उनको भनाइ छ । “डलरको मूल्य बढेकाले आयातित तोरीको तेलको मूल्य प्रतिलिटरमा १० देखि १५ रूपैयाँ बढेको छ,” उनले भने, “खरिद मूल्य बढेर आएकाले स्थानीय बजारमा समेत त्यसको प्रत्यक्ष असर पर्छ ।”
संघका अनुसार आटा, मैदा र तेल प्रतिलिटरमा १० देखि १५ रूपैयाँसम्म मूल्य बढेको छ । यस्तै चिनी प्रतिकेजीमा पाँच रूपैयाँ बढेको छ । सरकारले चिनी आयातमा प्रतिबन्ध लगाएपछि बजारमा मूल्य बढ्न गएको हो । स्वदेशी उत्पादनको तुलनामा बाहिरबाट आयात हुने चिनी सस्तो पर्ने गर्छ । स्वदेशी उत्पादनको लागत महंगो पर्न गएकाले पनि बजार मूल्य बढ्न गएको देखिन्छ । व्यवसायीका अनुसार ४५ रूपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रूपैयाँ पुगेको छ ।
यस्तै आँटा १० रूपैयाँ बढेर प्रतिकिलो ५० रूपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् । भटमासको तेल, सूर्यमुखी तेल, तोरीको तेलमा प्रतिलिटर १५ रूपैयाँ बढेको छ । अहिले भटमासको तेल प्रतिलिटर १ सय ४०, सूर्यमुखी १ सय ५०, तोरीको तेल १ सय ६०, वनस्पती घ्यू १ सय ४० रूपैयाँ पुगेको संघले जानकारी दिएको छ ।
अमेरिकी डलरको भाउ अकासिएपछि आयातित सामानको मूल्य बढेको हो । सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न भन्दै चिनीको आयातमा कोटा तोकेपछि व्यापारीले मूल्य वृद्धि गरेका छन् । अहिले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७५ देखि ८० रूपैयाँ पुगेको छ । यसअघि स्वदेशी चिनीको मूल्य ७५ रूपैयाँसम्म थियो । बजारमा आयातित चिनी ६५ देखि ६८ रूपैयाँसम्ममा पाइन्थ्यो । तर आयात रोकिएसँगै व्यापारीले चिनीको मूल्य ८० रूपैयाँसम्म पु¥याएका हुन् ।
राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले दसैंको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य बढेर उपभोक्तालाई असर परेको बताए । “चाडपर्वमा उपभोक्तालाई राहत दिने ठाउँमा सरकार आफैंले यातायातको भाडा बढाएर प्रत्यक्ष मार परेको छ,” उनले भने, “व्यवसायीले मूल्य बढेर आएको भन्दै मनपरी मूल्य बढाउँदा त्यसको असर उपभोक्ताले खेप्नुपरेको छ ।” चाडपर्वको बेला बजारमा वस्तु तथा सेवाको खरिद बिक्री धेरै हुँदा व्यवसायीले कालोबजारीसमेत गर्ने गरेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न नियमितरूपमा अनुगमन गरिरहेको बताए । अत्यावश्यक वस्तुमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने कानुनी व्यवस्था भए पनि व्यवसायीले दोव्बर तेव्बर मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् ।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...