ताजा समाचार

११ एसएसपी डिआइजीमा बढुवा सिफारिस भए

 

गृह मन्त्रालयले तीन ब्याचका टोलीलार्इ समेटेर ११ जना एसएसपीलाई डिआईजी बढुवा सिफारिस गरेको छ।

मन्त्रालयले प्रहरी महानिरीक्षकसँगै भर्ना भएको टोलीका बिनोद शर्मा घिमिरे र नयाँ टोलीबाट शैलेश थापा क्षेत्रीलाई एक नम्बर बरियतामा बढुवा गरेको हो।

बढुवा समितीले २०४६ माघ २९ मा भर्ना भएका घिमिरे सहित विकास श्रेष्ठ, पूर्ण चन्द्र जोशी र हरिभक्त प्रजापतीलार्इ बढुवा सिफारिस गरेको हो। यस्तै २०४७ असार २५ मा भर्ना भएका ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायको बढुवा सिफारिस भएको हो।

यस्तै नयाँ टोलीबाट क्षेत्री सहित हरिबहादुर पाल, निरजबहादुर शाही र प्रधुम्न कार्कीको बढुवा सिफारिस भएको हो। यो टोली २०४६ बैशाख १९ मा प्रहरी सेवा प्रवेश गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org