विभेद जितेको बस्ती, ब्राम्हण दलितको सामूहिक जमरा
काठमाडौँ । हामी केही समयअघिसम्म विभेदका धेरै घटना पाउँथ्यौं । अहिले पनि कतिपय स्थानमा विभेद र छुवाछुतका घटना हुने गर्छन् । तर, नेपालमै यस्तो ठाउँ पनि छ जहाँ विभेद भेटिन्न ।
हो, नुवाकोटको बेलकोटगढीस्थित निरन्जना भगवती मन्दिरमा स्थानीयले सामूहिक जमरा राख्छन् । बडादशैंको पहिलो दिन, सो मन्दिरमा त्यस्तै दृश्य देखियो । कोतघरभित्र लहरै टपरी । हरेक टपरीमा छरिएका जमरा । त्यो पनि सबै जातजाति मिलेर । त्यहाँ न छुवाछूत छ, न त भेदभाव नै ।
बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना देवीथानमा वर्षौंदेखि यो परम्परा बसेको छ । बुधबार बढादशैंको पहिलो दिन यहाँ सामूहिक जमरा राख्नेको भीड थियो । दलित, गैरदलित सबै दशैंको स्वागत गर्न र जमरा राख्ने रौनकमा देखिन्थे ।
सो मन्दिरमा ब्राह्मण, क्षत्री, मगर, नेवार, विश्वकर्मा, नेपाली, मिजारलगायतले सामूहिक रूपमा जमरा राख्दै आएका छन् । ‘यसपल्ट पनि सबै मिलेर जमरा राखियो,’ पुजारी महेश पौडेलले भने, ‘पुस्तौंदेखि यसरी नै राख्दै आएका छौं । अन्त दलित र गैरदलितबीच छुवाछूतका विभिन्न घटना हुने गरे पनि यहाँ कहिल्यै त्यस्तो भेदभाव हुँदैन ।’
सामूहिक जमरा राख्ने यो प्रचलनले समाजमा समानता र आपसी मेलमिलापको सन्देश दिने स्थानीयको भनाई छ । काठमाडौंको हनुमानढोका दरबारमा राखिने विधि अनुसार नै यहाँ पनि जमरा राखिन्छ । बेलकोटगढीका मगर समुदायले निरञ्जना भगवतीलाई आफ्नो कुलदेवीका रूपमा पुज्नेगर्छन् ।
यसपटक सो मन्दिरमा १८ दलित परिवार र १ सय १८ गैरदलित परिवारले सामूहिक जमरा राखेका छन् ।
हामीले यो स्टोरी हाम्रो कथा अनलाइनबाट साभार गरेका हौं ।
फाइल फोटो
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












