लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्डो
काठमाडौं २७, असोज। लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । पछिल्लो समय मुगुको रारा घुम्न गएर दशैं मनाउने स्वदेशी पर्यटकहरुको संख्या पनि बढेको छ ।
गत वर्ष ३ परिवार रारामा दशैंको दिन टीका लगाउन पुगेका थिए । यो वर्ष ७ परिवारले रिसोर्ट बुक गरेको रारा ताल छेउमा रहेको भिलेज हेरिटेज रिसोर्टका सञ्चालक राजु कार्कीले जानकारी दिए । उनले भने, ‘रारामा दशैं मनाउनका लागि दुई दर्जनभन्दा बढी परिवारले सोधखोज गर्नु भएको छ तर अहिलेसम्म ७ परिवारले मात्र कन्फर्म गर्नु भएको छ ।’
दशैंको समयमा हवाई टिकटको समस्या हुन्छ भन्ने हल्लाले गर्दा कतिपयले असहज मान्ने गरेको उनले बताए । समयमै टिकट बुकिङ गरेमा यस्तो समस्या नआउने उनको भनाइ छ ।
हवाईजहाज चढेर रारा जानेहरुलाई ३ रात ४ दिनको प्याकेज होटल सञ्चालकले बनाएका छन् । त्यसका लागि एक व्यक्तिका लागि ३५ हजार रुपैयाँ खर्च लाग्दछ । यसैगरी गाडि चढेर रारा आउनेहरुलाई ७ दिनको प्याकेज छ जसका लागि प्रतिव्यक्ति २५ हजार ५ सय रुपैयाँ लाग्ने कार्कीले बताए ।
रारा राष्ट्रिय निकुञ्जमा सडक सन्जालले छोएपछि सडकमार्ग हुँदै आन्तरिक पर्यटक आगमन वृद्धि भएको हो । ताल्चा विमानस्थलको रनवे पनि पिच भएको छ । त्यसैले नेपालगन्जदेखि हवाईजहाजबाट समेत रारा जानेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । पर्यटकको आगमन बृद्धि भएलगत्तै रारा ताल नजिकै रहेका गाउँमा होमस्टे समेत सञ्चालन गरेका छन् ।
दैनिक ३ सयसम्म रारामा आन्तरिक पर्यटक जाने गरेका छन् । रारा ताल हेर्नलाई सबैभन्दा उपयुक्त स्थल मुर्मा टप हो । रारामा विश्वमै कहीँ पनि नपाइने स्नो ट्राउट प्रजातीको माछा पाइन्छ । रारा तालका दिनमा तीन पटकसम्म पानीको रंगसमेत परिवर्तन हुने गर्दछ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












