टिप्स : दशैंमा खसीको मासु कसरी मिठो बनाउने ?
काठमाडौँ । दशैं भन्ने वित्तिकै मासुसीत जोडिएको हुन्छ । अघिपछि जे जस्तो तरिकाले बनाएर खाए पनि दशैंमा भने इच्छा अनुसार खाने गरिन्छ । र, त्यसै अनुसार बनाइन्छ पनि । मासु बनाउने आआफ्नै तैरतरिका पनि छन् । मांसाहारीका लागि मासु अनिवार्य हुन्छ । खसी, बोका, राँगा, कुखुरा आदि जे को मासु भए पनि राम्रोसँग पकाएर खानुपर्छ । पाक्नेगरी पकाउनै पर्छ । अन्यथा त्यसले असर गर्न सक्छ । यहाँ खसीको मासु कसरी पकाउने भनेर हामीले केही टिप्स दिएका छांै । तपाईंले यही टिप्स अनुसार नै खसीको मासु पकाएर खान सक्नुहुनेछ ।
बेसारको धुलो
डाईस काटेको खसीको मासु
मसिनो गरी काटेको प्याज
मसिनो गरी काटेको गोलभेँडा
लसुनको पेस्ट
अदुवाको पेस्ट
जिराको धुलो
धनियाँको धुलो
खुर्सानीको धुलो
गोलभेँडाको पिउरी
नुन स्वादअनुसार
तेल (आवश्यकताअनुसार)
मसिनो गरी काटेको धनियाँ
बटर
क्रिम
गरम मसला
बनाउने तरिका
१.खसीको मासुलाई हड्डीसँगै वा हड्डी निकालेर काट्ने ।
२.एउटा भाँडोमा तेल राखेर सिंगै सबै मिसाएको गरम मसला राखेर तेलमा पकाउने
३. मसिनो गरी काटेको प्याजलाई त्यसै तेलमा राखेर हल्का खैरो रंगको हुने गरी पकाउने
४. मासुलाई त्यसैमा राखेर पकाउने
५. जिराको धुलो, धनियाँको धुलो, खुर्सानीको धुलो, गरम मसलाको धुलो,लसुन र
६.अदुवाको पेस्ट, नुन समेत राखेर केही समय पकाउने
७.पाकिसकेपछि बटर क्रिम राखेर केहीबेर थप पकाउने
८.गार्नेसका लागि मसिनोगरी काटेको धनियाँ, काटेको अदुवा, क्रिम राख्ने, अब खसीको मासुको मसलेदार तरकारी तयार हुन्छ ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












