ताजा समाचार

२० वर्षपछि थपियो मनकामना केबलकारमा तीन वटा डब्बा

काठमाडौं । २० वर्षपछि मनकामना केबलकारमा तीन वटा डब्बा थपिएको छ ।

मनकामना मन्दिर जाने बाटोमा २०५५ मंसिर ८ मा सुरु भएको केबलकारमा २० वर्षपछि डब्बा थपिएको हो । यसले दैनिक थप एक हजार यात्रुलाई सेवा दिनेछ ।

अब मनकामना केबलकारमा कुल ३४ डब्बा भएको छ । २० वर्षको अवधिमा एक करोड ३८ लाख १२ हजार बढी यात्रुले केबरकारमा यात्रा गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org