ताजा समाचार

संयोजक डा.भट्टराईले भेटे विरामी प्रधानमन्त्री ओलीलाई

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भेटगरी स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । डा.भट्टराई आज विहाना ८ बजे शिक्षण अस्पताल महाराजगञ्ज पुगेर जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्रा.डा. अरुण सायमीले भने, “प्रधानन्त्री ओलीले बिहानी खाजा खानुभयो, दाह्री काटेर चिटिक्क परेर बस्नुभएको छ, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।”

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति रहेको छ ।

छातिमा सङ्क्रमण देखिएको कारण उपचारका लागि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हिजो सोमबार भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org