ताजा समाचार

सर्लाहीमा नेकपा–कांग्रेसबीच किन भयो झडप ?

सर्लाही । सर्लाहीको रामनगरमा मंगलबार नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा चलेको गोली लागेर कांग्रेस कार्यकर्ता ५० वर्षिय रामविलास महतोको ज्यान गएको छ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। सोमबार नेकपा कार्यकर्ताले रामनगर ४ का वडाअध्यक्ष रामनरेश महतोलाई दुर्व्यवहार गरेको विषयमा झगडा भएको थियो। रामनरेश कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन्।

झडपमा परी कांग्रेसका ४ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। अहिले अवस्था नियन्त्रणमा आइसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फाइल तस्बिर 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org