फूलमा परनिर्भरताको विकल्प खोजौं
काठमाडौँ । खाद्यान्नका साथै फूल उत्पादन पनि कृषि पेशा हो भन्ने कुरा किसानलाई बुझाउन नसक्दा फूलको आयात घटाउन सकिएको छैन । यस वर्षको तिहारमा करीब तीन लाख विभिन्न जातका माला भारतबाट आयात हुने अनुमान गरिएको छ ।
फ्लोरीकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजुले तिहारलाई माला अपुग हुने देखिएकाले यसवर्ष झण्डै रु ११ करोडको ४५ जातका तीन लाख सयपत्रीका माला र फूल आयात गर्न लागिएको बताए । भाइटीकामा काठमाडौँलाई मात्र रू १५ देखि १७ लाखको माला आवश्यक पर्छ । राजधानीमा झण्डै ५० लाख मानिस बसोबास गर्छन् ।
तिहारमा अत्यधिक फूल खपत हुने भएकाले नेपालमा किसानले फूललाई मौसमी खेतीको रुपमा मात्र लिदै आएका छन् तर मौसमी खेती पर्याप्त हुन नसक्दा फूलको आयात घट्न सकेको छैन । व्यावसायिक फूल खेती गर्न नेपाली किसान आर्कषित हुन सकेका छैनन् । सयपत्री र मखमली फूलको तिहारमा विशेष महत्व हुन्छ । दुवै जातका फूल खेतीका लागि उर्वर भूमिको अवश्यकता पर्दैन ।
पुष्प व्यवसाय मौसममा निर्भर भए पनि यसबाट पर्याप्त आम्दानी लिन सकिने भएकाले खेतबारीका आली, कान्लो खेर गइरेका जमीन भरपुर प्रयोग गर्न सकिन्छ तर किसान भने एकोहोरो परम्परागत खेतीतर्फ नै केन्द्रीकृत भएको पाइन्छ ।
फ्लोरीकल्चर एशोसिएशनका महासचिव विश्वमणि पोखरेल– फूल बिक्रीबाट जीवन चलाउन मात्र होइन मनग्यै आम्दानी लिन सकिन्छ भन्ने धारणाको विकास किसानमा नभएसम्म फूलको आयात प्रतिस्थापन हुन नसक्ने बताए । नेपालमा पुष्पखेती १५५ हेक्टर क्षेत्रफलमा गरिएको छ । जुन कूल खेतीयोग्य जमीनको ०.००५० प्रतिशत हो । हाल ३० लाख ९१ हजार हेक्टर जमीनमा पुष्प खेती हुँदै आएको छ । खेती गर्न हुने बाँझो जमीनको क्षेत्रफल भने १० लाख ३० हजार हेक्टर छ ।
नेपालमा २०११ सालदेखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा पुष्प खेती शुरु भएको फूल व्यवसाय आव २०७४/०७५ सम्म पुग्दा ४३ जिल्लामा विस्तार भइसकेको छ । करीब ६९७ फूल व्यवसायी सक्रिय छन् भने ४३ हजार ५०० व्यक्ति यस व्यवसायमा आश्रित छन् । आव ०७४÷०७५ मा रु एक अर्ब ८७ करोड बराबरको फूलको कारोवार भएको थियो भने रु ११ करोडको फूल आयात भएको थियो ।
तिहारमा सयपत्री, मखमली र गोदावरी फूल, माला र गमला बिक्री हुन्छ । सबैभन्दा सयपत्रीको १३ लाख, मखमली तीन लाख र गोदावरीको एक लाख माला खपत हुने गर्छ । जसमा लगभग ३० प्रतिशत भारतबाट आयात हुने गरेको बताइन्छ । नेपाल प्रशस्त जैविक विविधता भएको भूमि हो । यहाँ स्थानपिच्छे थरीथरी र आर्कषक फूलखेती गर्न सकिन्छ तर आयात गर्न हामी बाध्य छौँ ।
तिहारका तीन दिन राजधानीमा फूल, माला, र गमला गरी झण्डै रु १६ करोडको कारोवार हुन्छ । राजधानीमा भक्तपुरको गुण्डु, काठमाडौँको इचङ्कुनारायण, थानकोट, साँखु, ककनी, धार्दिङ, नुवाकोट, काभ्रेबाट फूल भित्रने गर्छ ।
प्रचुर सम्भावना बोकेको पुष्प व्यवसाय प्रवद्र्धन गर्न सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी कार्यान्वयनमा ल्याएको छ । आव ०७१/०७२ बाट पुष्प व्यवसायका लागि रु एक करोड बजेट विनियोजन गरिएकामा यो वर्ष प्रदेश सरकार, प्रदेश नं ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुष्प विकास केन्द्रको विकासका लागि जम्मा रु १६ लाख विनियोजन गरेको छ ।
बजारमा फूलको माग बढेकाले आवश्यकताअनुसार उत्पादन दिन सकिएको छैन । नेदरल्याण्डस्, हल्याण्ड, थाइल्याड, अमेरिकालगायत देशमा गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायत नेपाली कट फ्लावरको माग दैनिक बढे पनि नेपालबाट निर्यात भने हुन नसकेको बताइन्छ ।
सरकारले कृषि क्षेत्रमा अनुदान बढाउँदै लगे पनि फूलको उत्पादन सन्तोषजनक छैन । बिक्रीका लागि फूलको बजार छ, उत्पादन छैन । झण्डै रु पाँच अर्बभन्दा बढी लगानी रहेको पुष्प व्यवसायमा मानिसको आर्कषण भने क्रमशः बढ्दो छ । विश्वमा फूलको कारोवार २०० अर्ब डलरको छ । जसमध्ये ८० अर्बको कारोवार नेदरल्याण्डस् एक्लैले गर्छ ।
राससको सहयोगमा न्युज–नेपाल डट कम
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












