मनकामनाप्रति भारतीय पर्यटकको यस्तो आस्था
चितवन । मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् ।
सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार शुरुका वर्षमा भारतीय न्यून भए पनि पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएको छ । उहाँका अनुसार गत आवमा नौ लाख ८० हजार १७० ले केबुलकारबाट यात्रा गरेकोमा दुई लाख आठ हजार ४९२ भारतीय पर्यटक रहेका थिए । भारतीय पर्यटकको संख्या २१ दशमलब २७ प्रतिशत थियो ।
अघिल्लो आव २०७३÷०७४ मा १० लाख ११ हजार ८६७ ले केबलकारको यात्रा गरेकोमा एक लाख ४० हजार ९८४ भारतीय थिए । जुन १३ दशमलब ९३ प्रतिशत हो । कायस्थले वर्षेनी भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । तर, अन्य मुलुकका पर्यटकको सङ्ख्या एक प्रतिशत हाराहारी छ ।
मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार भारतको बङ्गाल, महाराष्ट, गुजरात, राजस्थानलगायतका प्रदेशबाट भारतीय पर्यटक आउने क्रम बढ्दो छ । अन्तर्राष्ट्रिय जगत्मा मनकामनामाईको महिमा बढ्दै गएकाले नेपालमा हवाई र सवारी साधनबाट भित्रने पर्यटकले एउटा गन्तव्य मनकामना राख्ने गरेको उनले बताए । भारतबाट सवारी साधनमा काठमाडौँ, पोखरा, लुम्बिनी, सौराहलगायतका ठाउँको भ्रमण गर्न आउने अधिकांश धार्मिक पर्यटक बाटोसमेत पर्ने भएकाले मनकामना छिर्ने गर्दछन् । श्रेष्ठले वर्षात्को समयमा भारतीय पर्यटकले केबुलकार धान्ने गरेको बताए ।
भारतको कोलकाताबाट ठूला दुई बसमा नेपालको विभिन्न स्थानको भ्रमणमा आएका पर्यटकमध्येका एक रतन पैनले तीन पहाड पार गरेर मनकामना माईको दर्शन गर्न पाइने सुनेर दर्शनका लागि यहाँ आएको बताउनुभयो । उनले भने, “मनकामना दर्शन पछि आफ्नो मनकामना पूरा हुन्छ भनेर हामी आएका हौँ । रमाइलो र आनन्द भयो ।” मनकामना दर्शनपछि फर्कदै गरेकाभारत गुजरातका सुनिलकुमार पट्टेलले आफूले सुनेभन्दा राम्रो र रमाइलो लागेको जानकारी दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएपछि नेपालका धार्मिक स्थलमा घुम्न आउनेको भारतीयको सङ्ख्या बढेको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ भारतीय पर्यटकले मनकामना दर्शन गर्ने गरेका छन् । सँगै केबुलकार यात्राबाट रमणीय दृष्यावलोकन गर्न पाउने भएपछि पर्यटक लोभिने गरेका छन् ।
विसं २०५५ साल मङ्सिर ८ गतेबाट सेवा शुरु गरेको मनकामना दर्शन प्रालिले हालसम्म एक करोड ४३ लाख १२ हजार ४८६ यात्रुलाई मनकामना दर्शनका लागि यात्रा गराएको छ । जम्मा ३१ वटा डिब्बा सञ्चालन गर्दै आएको प्रालिले यात्रुको चाप बढ्दै गएपछि तीनवटा डिब्बा थप गरेको छ । दैनिक नौ हजारसम्म यात्रुलाई सेवा दिएको प्रालिले जनाएको छ । रासस
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












