बाबुरामको राजनीतिक प्रतिवेदन पारित,संगठन विभाग प्रमुखमा श्रेष्ठ
काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । बुधबार र बिहीबार राजधानीमा बसेको १५ औं संघीय बैठकले पार्टी संयोजक डा.भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको हो ।
के छ प्रतिवेदनमा ?
डा. भट्टराईको प्रतिवेदनमा अहिलेका राजनीतिक दलहरूबाट आर्थिक विकास र समृद्धि प्राप्त हुन नसक्ने आरोप लगाइएको छ । संयोजक भट्टराईले ‘कांग्रेस’ र ‘कम्युनिष्ट’ ब्राण्डले अब मुलुक नचल्ने उल्लेख गरेका छन् ।
नेकपा सरकार पतनको बाटोमा उदत्त भएको र नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीय भूमिका निर्वाह गर्न नसकेको आरोप पनि लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुर्के, गफाडी, अनुत्तरदायी र दम्भी भनेर पनि टिप्पणी गरेका छन् ।
आगामी कार्ययोजना
नयाँ शक्ति पार्टीले आगामी मंसिर १ देखि चैत्र मसान्तसम्मको कार्य अवधिका लागि कार्ययोजना निर्माण गरेको जनाएको छ । ‘यो कार्ययोजना ‘ ५ महिना, ५ काम ५ उपलब्धि’को योजना हुनेछ ।’, संघीय बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘पार्टीको कार्ययोजनाभित्र वैचारिक काम, संगठनात्मक काम, जनपरिचालनको काम, राजनीतिक संवादको काम र व्यवस्थापनको काम गरिने छ ।’
‘जनताको प्रश्नः नयाँ शक्तिको उत्तर’ नामक प्रशिक्षण कार्यक्रम, आगामी मंसिरभित्र समृद्धिको मोडेल, समावेशिता र संघीयताबारे उठेका थप प्रश्नहरुको उत्तर दिने गरी एक पुस्तिका तयार गर्ने जस्ता कार्यक्रम गर्ने उल्लेख छ ।
त्यसैगरी नयाँ शक्ति पार्टी नेपालको संगठन विभाग प्रमुखको जिम्मेवारी गंगानारायण श्रेष्ठले पाएका छन् । बैठकले सचिवालयमा कर्णध्वज केसी, दानबहादुर चौधरी, नारायणराज पाण्डे, किरण मुल्मी, सविना अर्याल, सोनाम सिंह स्याङ्तान र कमला गुरुङको नाम थप गरेको पार्टी प्रवक्ता डम्बर खतिवडाले जानकारी दिए ।
बैठकले राजनीतिक संवाद समिति र विज्ञ परिषद पनि गठन गरेको छ । विज्ञ परिषदमा रहने व्यक्तिहरुमा तीन जनाको नाम टुङ्गो लागेको छ । धनुषाबाट भोगेन्द्र झा छन्, पर्साबाट जददिश प्रसाद अग्रवाल र कास्कीबाट सूर्यप्रसाद अर्यालको नाम बैठकले अनुमोदन गरेको छ ।
राजनीतिक संवाद समितिलाई पार्टीभित्रको आन्तरिक अन्तरविरोध र पार्टी बाहिरको राजनीतिक परिस्थितिको मूल्याङ्न गरी वार्ता र संवाद गर्ने जिम्मेवारी दिइने प्रवक्ता खतिवडाले जानकारी दिए ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












