ताजा समाचार

यस्तो छ तपाईँको यो साता– सिंह मिश्रित, कन्या सरदर

मेषः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार सावधानयोग्य रहनेछ । रवि, सोमबार शत्रु पराजित हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । मंगल, बुधबार अत्यन्त सुखद रहनेछ । बृहस्पति, शुक्रबार शिथिल रहनेछ ।

वृषः साताको उत्तरार्ध अनुकूल रहनेछ । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार आटे ताकेको काम सजिलै बन्नेछ । बृहस्पति, शुक्रबार यात्रा, व्यवसाय र भेटघाट बढ्नेछ । रमाइलो हुनेछ ।

मिथुनः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार नियमित कामलाई निरन्तरता दिनु पर्ने देखिन्छ । बृहस्पति, शुक्रबार शत्रु पराजित हुनेछन् ।

कर्कटः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार आर्थिक विचलन देखिन सक्नेछ । रवि, सोमबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । यश, मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार चिन्ता प्रधान रहनेछ ।

सिंहः साता मिश्रित प्रायः रहनेछ । शनिबार भाग्योदय हुनेछ । उपयुक्त अवसर मिल्नेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार कार्यगत तीव्रता थपिनेछ । उत्तरदायित्व थपिनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।

कन्याः साता सरदर खालको रहनेछ । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार उच्चस्तरीय कार्यव्रmम बन्नेछ । पराव्रmम बढ्नेछ । मंगल, बुधबार बोलीवचनमा कडा पन आउन सक्नेछ । बृहस्पति, शुक्रबार सामाजिक काममा संलग्न भइनेछ ।

तुलाः साता मिश्रित खालको रहनेछ । शनिबार नवीन आयस्रोत खुल्नेछ । मन प्रसन्न रहनेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार भाग्योदय हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।

वृश्चिकः साताको अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार मानसम्मान र पदप्रतिष्ठा मिल्नेछ । रवि, सोमबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्यवर्द्धक अवसर प्रकट हुनेछ ।

धनुः साताको मध्य भागका दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्ममा अवरोध आउन सक्छ । शरीर पनि अस्वस्थ रहनेछ । रवि, सोमबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । मंगल, बुधबार सबैतिरबाट लाभैलाभ हुनेछ । बृहस्पति, शुक्रबार खर्चिलो रहनेछ ।

मकरः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार आटेको काममा सफलता मिल्नेछ । बृहस्पति, शुक्रबार लाभदायक काम बन्नेछ । मन प्रसन्न रहनेछ ।

कुम्भः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार व्यापार व्यवसाय र पारवहन कार्य निकै सहज रहनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार मानसम्मान मिल्नेछ । दीर्घकालीन कामको सोच हुनेछ ।

मीनः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार शत्रु परास्त हुनेछन् । मावली पक्षबाट सन्तोष मिल्नेछ । रवि, सोमबार अत्यन्त सुखद र रमाइलो रहनेछ । सन्तानबाट सहयोग मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org