ताजा समाचार

वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

काठमाडौं । वरिष्ठ वामपन्थी नेता एवम् मानव अधिकारवादी पद्मरत्न तुलाधरको निधन भएको छ ।

उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org