सिङ्गो बस्ती नै तरकारी खेतीमा
भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा अधिकांश किसान अन्नबाली छाडेर नगदेबालीका रुपमा तरकारी खेती गर्न थालेका छन् । तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका हुन् ।
लामो समय वैदेशिक रोजगारीमा रहेर गाउँ फर्किएका आदिवासी जनजाति समुदायका युवा पनि तरकारी खेती गरेर आयआर्जन गरिरहेका छन् । “यहाँ तरकारी खेतीबाहेक अरु खेती देख्न मुश्किल पर्छ ।”
स्थानीय तरकारी खेती गर्दै आएका किसान हरिराम चौधरीले भन्नुभयो, “अरु खेतीभन्दा यसमा बढी मुनाफा भएर सबै तरकारीमै लागे ।” २०५८ सालमा चार कठ्ठा जमीनबाट तरकारी खेती शुरु गरेका हरिराम चौधरीले अहिले १५ बिगाहा जमीनमा तरकारी खेती गरेका छन् ।
“राम्रो आम्दानीसँगै तरकारी खेतीले जिल्लामै किसानमाझ आफ्नो परिचय बनाइदियो ।” उहाँले भन्नुभयो, “अहिले गाउँमै तरकारी खेतीको लहर चलेको छ ।”
कुनै बेला आर्थिक अवस्थाले समस्या रहेको बताउँदै चौधरीले तरकारी खेतीबाट कमाइले धेरै सम्पति जोडेको बताउनुभयो ।
“शुरुमा त धेरै समस्या थियो, जब मैले तरकारी खेती शुरु गरे राम्रो आम्दानी भएपछि खेती विस्तार गर्दै गए मेहनत गरे अहिले रामै्र छ ।” उहाँले भन्नुभयो, “तरकारीले नै पाँच पटक सम्मान थाप्ने अवसर समेत पाए ।”
जिल्ला कृषि विकास कार्यालय, युवा स्वरोजगार र राष्ट्रपति पुरस्कारबाट समेत सम्मानित भएका चौधरीले तरकारीकै आम्दानीबाट कैलालीको अत्तरियामा जमीन खरीद गरेर घर बनाएका छन् । “तरकारीको कमाइले ट्र्याक्टर, अत्तरियामा घर बनाउनुका साथै एक बिगाहा जमीन जोडे ।” उहाँले भन्नुभयो, “मिहेनत गरे विदेशिनु पर्दैन ।” उहाँले तरकारी खेतीबाट वार्षिक रु १२ देखि १३ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।
त्यस्तै बालुवाफाँटाका टेकबहादुर चौधरी पनि तरकारी खेतीमै व्यस्त छन् । दुई वर्ष कतारमा मजदूरी गरेर घर आएको चौधरीले अहिले १५ कठ्ठा जमीनमा तरकारी लगाएका छन् । “वैदेशिक रोजगार मन नपरेपछि यहाँ आएर एक कठ्ठाबाट तरकारी खेती थालेको थिए ।” उहाँले भन्नुभयो, “खेती फष्टाउन थालेपछि बढाउँदै लगेको छु ।”
उहाँले तरकारी खपतका लागि बजारको समस्या नरहेको बताउनुभयो । “तरकारी लिन जिप गाउँमै आइपुग्छन् ।” उहाँले भन्नुभयो, “गाडी नआएको दिन मोटरसाइकलमा भए पनि तरकारी बजार पु¥याउँछु ।”
कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष नत्थुराम चौधरीले गाउँमा ५० प्रतिशत किसान तरकारी खेतीमा लागेको बताउनुभयो । “पहिले त धान गहुँमै जोड थियो ।” वडाध्यक्ष चौधरीले भन्नुभयो, “अहिले तरकारी खेती उचाइमा पुगेको छ ।” उहाँले किसानको प्रोत्साहनका लागि सरकार र स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
नेप्से परिसूचक ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...