ताजा समाचार

समृद्धिका लागि मित्रराष्ट्रसँग प्रधानमन्त्रीको गुहार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरेका छन् । नेपाल भ्रमणमा रहनुभएका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “समृद्धिको लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजीकका छिमेकीबाट थप सहयोगको अपेक्षा गरेका छौँ ।” प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सदियौँदेखिको सम्बन्ध रहेको स्मरण गर्दै आफूहरु हिमालको वारिपारि बसेका, एउटै हिमालको मूलको पानी खाएको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो ।

चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम सङ्ख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए । गत वर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराइन् “नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँ बढी आकर्षित छन्”, मन्त्री सुगाङको भनाइ उद्धृत गर्दै डा. भट्टराईले भने । “भूकम्पपछिको पुनः निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपनलाई कायम राख्न उपयुक्त हुन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन फाइदा पुग्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org