ताजा समाचार

प्रेस युनियन दार्चुलाको अध्यक्षमा बडू

दार्चुला । प्रेस युनियन दार्चुलाको पाँचौँ जिल्ला अधिवेशनबाट मनोज बडू सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । बुधबार राति भएको अधिवेशनले बडूको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

कान्तिपुर दैनिकका जिल्ला संवाददाता रहनुभएका बडू यसअघि कार्यसमिति सचिव थिए । समितिको उपाध्यक्षमा सुन्दरसिंह धामी, जनजाति उपाध्यक्ष विशनसिंह बुढाथोकी, सचिव किरनसिंह धामी, सहसचिव भावना सिंह र कोषाध्यक्षमा दमयन्ती जोशीलगायत १३ सदस्यीय समिति चयन भएको हो ।

यसैगरी युनियनको केन्द्रीय प्रतिनिधिमा ‘पार्षद्’ विक्रम गिरी, राजेन्द्रप्रसाद बडू, प्रेम चुनारा, कमलराज जोशी, खेमराज बडू, शेरसिंह सामन्त र मञ्जु कोली चयन भएका छन् । सुदूरपश्चिम प्रदेश प्रतिनिधि भने चयन हुन बाँकी रहेको प्रेम चुनाराले जानकारी दिए ।

प्रेस युनियनको अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले गरेका थिए । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय महासचिव अजयबावु शिवाकोटीलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org