कुन–कुन बैंकले बढाए नाफा ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, एनसिसी बैंक, सेञ्चुरी बैंक, मेगा बैंक, सनराइज बैंक, नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैंक, जनता बैंकले नाफा बढाएका छन् ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि वित्तीय विवरण तयार पार्दा एनएफआरएस प्रणाली लागू गरेसँगै बैंकको नाफा बढि देखिएको छ। नियामकीय प्रावधानलाई पूरा गरेपछि भने केही बैंकको नाफा घटेको पनि छ।
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १७.८४ प्रतिशतले नाफा बढेर एक अर्ब ६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा ८९ करोड ४९ लाख रुपैयाँ नाफा थियो।
बैंकले एक खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।
खुद व्याज आम्दानी एक अर्ब ५९ करोड रुपैयाँ गरेको छ। प्रति शेयर आम्दानी ३३ रुपैयाँबाट बढेर ४० रुपैयाँ पुगेको छ।
सानिमा बैंक
सानिमा बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ४९।०३ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा ४६ करोड ४४ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष ३२ करोड ६९ लाख रुपैयाँ थियो। बैंकले ८४ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। खुद व्याज आम्दानी ९७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ। प्रति शेयर आम्दानी १८ रुपैयाँबाट बढेर २५ रुपैयाँ पुगेको छ।
एनसिसी बैंक
एनसिसी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७०.४० प्रतिशतले नाफा बढाएर २८ करोड चार लाख रुपैयाँ पुर्याएको छ। गत वर्ष बैंकको नाफा १६ करोड ४५ लाख रुपैयाँ थियो। बैंकले ६२ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकले खुद व्याज आम्दानी ८० करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ। जबकी गत वर्ष यस्तो आम्दानी ३४ करोड ७६ लाख रुपैयाँ मात्रै थियो। प्रति शेयर आम्दानी पनि २१ रुपैयाँबाट ४० रुपैयाँ पुगेको छ।
सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८९.१४ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनामा २० करोड रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यही अवधिमा १० करोड ५७ लाख रुपैयाँ मात्रै थियो। बैंकले ६२ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकले खुद व्याज आम्दानी ८० करोड १५ लाख रुपैयाँ छ भने गत बर्ष ४६ करोड ५४ लाख रुपैयाँ थियो। प्रति शेयर आम्दानी ९ रुपैयाँबाट बढेर १३ रुपैयाँ पुगेको छ।
मेगा बैंक
मेगा बैंकले पहिलो तीन महिनामा १८८.६२ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनाम २३ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ८ करोड १८ लाख रुपैयाँ नाफा थियो।
बैंकले ६६ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। खुद व्या आम्दानी ९२ करोड ८१ लाख रुपैयाँ छ। बैंकले १६ करोड ८३ लाख रुपैयाँ रेगुलेटरी एड्जसमेन्ट गर्दा लाभांस बाँड्न मिल्ने नाफा कम देखिएको हो। प्रति शेयर आम्दानी ६ रुपैयाँबाट १५ रुपैयाँ पुगेको छ।
सनराइज बैंक
सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३३.५२ प्रतिशतले नाफा बढाएको छ। पहिलो तीन महिनामा २७ करोड २० लाख रुपैयाँ नाफा गरेको छ।
निक्षेप संकलन ७५ अर्ब ७९ करोड रुपैयाँ संकलन गरि ६६ अर्ब ५९ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ८२ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ। प्रति शेयर आम्दानी ९ रुपैयाँबाट बढेर १६ रुपैयाँ पुगेको छ।
नेपाल बङ्गलादेश बैंक
नेपाल बङ्गलादेश बैंकले पहिलो तीन महिनामा ४२.९७ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा २२ करोड १ लाख रुपैयाँ नाफा गरेको छ।
पहिलो तीन महिनामा ४७ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गर्दा ६९ करोड ३ लाख रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। प्रतिशेयर आम्दानी ७ रुपैयाँबाट बढेर १४ रुपैयाँ पुगेको छ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४६.९७ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा २५ करोड १३ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्ष १७ करोड ९ लाख रुपैयाँ थियो।
बैंकले तीन महिनामा ६९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६४ अर्ब ६२ करोड रुपैयाँ ऋण लगानी गर्दा ७४ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ। प्रति शेयर आम्दानी १० रुपैयाँबाट १४ रुपैयाँ पुगेको छ।
जनता बैंक
जनता बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २९४.९५ प्रतिशतले नाफा बढाएको छ। बैंकले पहिलो तीन महिनाम २५ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ६ करोड ४८ लाख रुपैयाँ थियो।
बैंकले ६२ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ४५ करोड रुपैयाँ ऋण लगानी गर्दा खुद व्याज आम्दानी ७९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ। प्रति शेयर आम्दानी ९ रुपैयाँबाट १६ रुपैयाँ पुगेको छ।
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












