बुढानिलकण्ठ मन्दिरको भेटीमा अनियमितता, अनुसन्धान गर्न सरकारसँग समतिकिो माग
काठमाडौँ । बुढानिलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले मन्दिरका मठाधीश स्वामी निगमानन्द महाराजसँग मन्दिरको नगद तथा जिन्सी सामानको खोजी गर्दा उल्टै आर्थिक अनियमितताको आरोप लगाएर समिति खारेज गर्न लागेको भन्दै सरकारलाई तत्काल यस विषयमा अनुसन्धान गर्न माग गरेको छ ।
समितिका अध्यक्ष शकुल शाह ठकुरीले आफूलाई भूमिसुधार तथा गुठी संस्थानले पाँच वर्षसम्मको लागि नियुक्ति पत्र दिएको भन्दै मठाधीशसँग नगद तथा जिन्सी सामानको बारेमा सोधिखोजी गर्दा उल्टै आर्थिक चलखेलको आरोप लगाएर उम्किन खोजेको आरोप लगाए ।
उनले भने,‘जोगी तीन प्रकारका हुन्छन्, धन नभएको जोगी, समाज बहिष्कारमा परेको जोगी र विद्वान जोगी, यस मन्दीरको मठाधीशजी कस्तो जोगी हो मलाई थाहा भएन, मेरो नेतृत्वको समिति १८ महिना भयो, यस समयमा मन्दीरको हितको बारेमा काम भएका छन्, भवनहरू बनेका छन्, गुरुकुल शिक्षामा आवद्ध चार–पाँच जना पूजारी बालकहरुको नाममा पैसा हिनामिना गरिने रहेछ, अहिले त्यो प्रकारको अनियमिततालाई रोकेर हामीले ५० जनालाई बस्ने खाने सबै व्यवस्था गरेका छौं, मन्दिरमा भएका अनियमितताका बारेमा आवाज उठाउँदा उल्टै हामीलाई आरोप लगाउन थाल्नुभयो । यो सरासर गलत छ, आफू बाच्नको लागि उहाँले यो कदम उठाउँदै हुनुहुन्छ, जुन कदमले उहाँलाईनै घात गर्छ ।’
त्यस्तै कार्यक्रममा समितिकी कोषाध्यक्ष रजनी पन्तले सरकारले नै धर्ममाथि आक्रमण गर्न थालेको आरोप लगाइन् । उनले भनिन्,‘हाम्रो पहिचान हिन्दुधर्म हो, हाम्रो संस्कार हो, सरकारले नै हिन्दु धर्म मासेर आयातित क्रिश्चियन धर्मलाई बढावा दिन खोज्दै छ, यो हाम्रो लागि स्वीकार्य छैन, सरकारको काम जनताको दुःखमा साथ दिने हो, विकास गर्ने हो, तर बुढानिलकण्ठ नारायणस्थानको मन्दिरमा राजनीति गर्ने होईन, हरेक मन्दिरहरूमा राजनीतिक नियुक्ति गरिँदो रहेछ ।’
प्रदेश सांसद दीपक निरौलाले पाँच वर्षको लागि बनेको समितिलाई भत्काएर नेकपासँग आस्था राख्ने र राजनीतिक पहुँच भएकाहरूलाई ल्याउने खेल खेलेको पनि उनले आरोप लगाइन् । उनले थपिन्,‘उहाँको काम यो होईन, उहाँले त देशको विकास गर्ने हो, एउटा मन्रिदमा आएर राजनीति गर्ने होइन, गुठी संस्थान र भूमिसुधार मन्त्रालयले यस विषयमा गम्भीर अध्ययन गर्नुपर्छ, हाम्रो माग कसैलाई हटाउने होईन, आर्थिक पारदर्शीताको कुरा हो, हामीले उठाएको माग मन्दिरका विकासको लागि हो ।’
वर्तमान सरकारले हिन्दुधर्ममाथि हमला गर्न खोजिरहेको उनको आरोप छ । उनले थपिन्,‘हामी चुप लागेर बस्दैनौं, यो उदाहरणको रूपमा आएको छ, एउटा मीन्दरको विषय होइन, सम्पूर्ण मन्दिरको हालत यस्तै छ, सम्पूर्ण मन्दिरको बारेमा छानविन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले भनिन्,‘हामीले मन्दिरको नाममा हुने गरेका गलत कार्यको वकालत गर्दा उल्टै आर्थिक चलखेलको आरोप लगाउदै राजनीतिक दलका नेतासँग पुग्न थाल्नुभएको छ, हाम्रो सामाजिक जीवन हो, उहाँले लगाउन्भएको आरोप प्रमाणित गर्नुपर्छ होइन, भने हामीले आफ्नो अधिकार खोज्छौं, कागजी रूपमा प्रमाणित गर्न आग्रह गर्दछु, उहाँ आफैं अनियमितता गर्नुहुन्छ अनि हामीलाई आरोप लगाउनुहुन्छ ?’
बुढानिलकण्ठ नारायणस्थान क्षेत्र विकास समितिका सदस्य सचिव मनोज कुमार श्रेष्ठले समितिकी पूर्व अध्यक्ष नर्वदा खड्का र नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काको कार्यकाललाई समेत गुम्राहमा राखेर मठाधीश निगमानन्द महाराजले मन्लिरको नाममा आफूअनुकुल विल छाप्ने, रसिद काट्ने र जिन्सि सामानहरू आफूसँग राख्ने आरोप लगाए । भने,‘भारतीय दुतावासको आर्थिक सहयोगमा भवन बन्दैछ, त्यसको नाममा मठाधीशले शिलालेखमा तपाईको नाम लेखिन्छ भन्दै सर्वसाधारण तथा मन्दिरमा आउने भक्तजनरूसँग आँफै रसिद छापेर पैसा उठाउने गरेका छन्, यसका बारेमा हामीले आवाज उठाउँदा आफू चोखो बन्नको लागि अनेकन बाहना निकाल्दै हुनुहुन्छ ।’
समितिले मठाधीश निगमानन्द महाराजले आश्रमको नाममा थानकोटमा घर रहेको र मतदाता परिचय पत्रसमेत रहेको आरोप लगाएको छ । यता बुढानिलकण्ठ नारायणस्थान व्यवस्थापन समिति खारेजको लागि गुठी संस्थानले पत्र काटिसकेको छ ।
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












