ताजा समाचार

सुरु गरियो धरहरा बनाउन

काठमाडौँ । महाभूकम्प गएको तीन वर्षपछि बल्ल धरहरा बनाउन सुरु गरिएको छ। पटक-पटक मन्त्रिदेखि प्रधानमन्त्रिले धरहरा बनाउन उद्घोष गरे पनि कहिले स्थानीयको अवरोध , कहिले नक्सामा पासमा ढिला र कहिले निर्माणको ठेक्कामा विबाद भयको थियो । अहिले निर्माणको ठेक्का जिआइइटीसीररमन जेभीले पाएसँगै निर्माण कार्यको थालनी गरिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भदौ १७ गते आइतबार खोलेको आर्थिक प्रस्तावमा जेभी कम्पनीले सबै भन्दा कम रकम कवोलेको थियो । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको निर्माण गर्नेछ ।

अहिले धरहरा निर्माणको क्रममा धरहरा क्षेत्रलाई घेराबन्दी गरिएको छ । धरहरा क्षेत्र निर्माण क्रममा प्रयोग हुने सामाग्री जम्मा पार्न टुँडिखेलको दक्षिणी भागमा जस्तापाताले घेराबन्दी गरिएको छ । पुनः निर्माण प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना गत वैशाख ३१ मा प्रकाशन गरेको थियो । प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो । पाँच वटा निर्माण कम्पनीको आर्थिक प्रस्ताव खोल्ने कार्य पटक पटक स्थागित हुँदै आएको थियो ।

प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनीमध्ये कुनै एकको कागजात शङ्कास्पद छ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेपछि प्रस्ताव खुला गर्ने कार्य स्थगित हुने गरेको थियो । प्राविधिक प्रस्ताव पारित भएका निर्माण कम्पनीमा जेइकरलामा जेभी, सिआर ५ सिइसीरस्वच्छन्द जेभी, कुमाररसिएफइसी जेभी, जिआइइटीसीररमन जेभी, सिआइसिओरकालिकाररसुवा जेभी छन् । जेसिजिआइसिसीरआशीष जेभीको प्राविधिक प्रस्ताव नै फेल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org