निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट
कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ का चार स्थानीय तहमा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट गरिएका छन् । दुई गाउँपालिका र दुई नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु एक÷एक करोडका दरले रकम विनियोजन गरी योजना छनोट गरिएका हुन् । सो निर्वाचन क्षेत्रमा खानेपानीमन्त्री विना मगर निर्वाचित प्रतिनिधिसभाका सांसद रहनुभएको छ ।
अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षका लागि ‘एक निर्वाचन क्षेत्र’ मा रु चार करोडका दरले रकम विनियोजन गरेको छ । जिल्ला समन्वय समिति कञ्चनपुरमा सम्पन्न भएको निर्वाचन क्षेत्र विकास योजना छनोटअन्तर्गत बेलडाँडी, लालझाडी गाउँपालिका र बेलौरी, पुनर्वास नगरपालिकामा रु एक÷एक करोडका योजना छनोट भएका छन् ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले चारै स्थानीय तहमा सांसद एवं खानेपानीमन्त्री मगरले समान रूपमा बजेट विनियोजन गरी योजना छनोट गरेको बताउनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ का सबै योजना टुङ््गो लागेका छन् ।
पुनर्वास र बेलौरी नगरपालिकामा छ÷छ योजना छनोट गरिएका छन् भने लालझाडीमा चर र बेलडाँडी गाउँपालिकामा छ योजना छनोट भएका छन् ।
पुनर्वासमा भ्यूटावर र शहीद भवन, बेलौरीमा रङ्गशाला, जटीबुटी केन्द्र निर्माण, लालझाडीमा रानाथारू बालउद्यान एवं घरबास र बेलडाँडीमा ऐतिहासिक प्राकृतिक कालिकिच ताल एवं सीमसार संरक्षणका लागि नयाँ योजना अघि सारिएको छ । पुनर्वास नगरपालिकामा लामैया नाला पुल निर्माण रु ४० लाख, पुनर्वास कभर्डहल निर्माण रु २० लाख, शहीद भवन निर्माण रु १० लाख, भ्यूटावर निर्माण रु १० लाख, दिव्य भवन रु १० लाख र गैसमति चर्च रु १० लाखका योजना छनोट गरिएको छ ।
बेलौरी नगरपालिकाअन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत छनोट भएका योजनामा बेलौरी रङ्गशाला निर्माण रु ५० लाख, पडाउ गाउँ कालोपत्रे रु १५ लाख, रामनगर जडीबुटी केन्द्र निर्माण रु १५ लाख, त्रिपुरासुन्दरी मन्दिर निर्माण रु १० लाख र तटबन्ध सुतियानालामा रु १० लाखका योजना छनोटमा परेका छन् । लालझाडी गाउँपालिकामा रानाथारू घरबास÷बाल उद्यान निर्माणका लागि रु ५० लाख, चाँदेवदेखि नन्दगाउँ सडक स्तरोन्नति रु २५ लाख र नन्दगाउँदेखि गडबिजलाताल सडक स्तरोन्नतिका लागि रु २५ लाख योजना छनोटमा परेका छन् ।
यसैगरी, बेलडाँडी गाउँपालिकामा कालिकिच ताल पर्यटन प्रवद्र्धनका लागि रु ४० लाख, वडा नं ३ मा सडक स्तरोन्नति रु २० लाख, जोगेन्द्र थापाको घरदेखि लक्ष्मण थापाको घरसम्म सडक स्तरोन्नति रु १० लाख, सीमसार संरक्षण रु १० लाख र रामजानकी मन्दिर निर्माणका लागि रु १० लाखका योजना छनोटमा परेका छन् । निर्वाचन क्षेत्र नं २ र ३ मा योजना छनोटमा विवाद भएकाले केही योजना टुङ्गो लाग्न बाँकी रहेको प्रमुख तामाङले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












