ताजा समाचार

प्रचण्ड पुत्र प्रकाशको निधन भएको एक वर्ष पूरा,बार्षिकीमा विभिन्न कार्यक्रम गरिँदै

 

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको सोमबार एक वर्ष पूरा भएको छ । दाहालको गतवर्ष असामयिक निधन भएको थियो ।

निधन भएको एक वर्ष पुगेको सम्झनामा सोमबार दाहालको स्मृतिमा विभिन्न कार्यक्रम गरिदैँछ । आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका दाहालको गतवर्ष मंसिर ३ गते नर्भिक अस्पतालमा निधन भएको थियो ।

उनी पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डका एकमात्र छोरा थिए । २०३८ सालमा जन्मेका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org