चार महीनामा नौ बलात्कारका मुद्दा दर्ता
साँखु । काठमाडौँ महानगरीय प्रहरी वृत्त बौद्धमा चार महीनायता नौ बलात्कारका मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले चालु आर्थिक वर्ष २०७५/७६ को साउनदेखि कात्तिकसम्ममा बौद्ध क्षेत्रमा ती घटना भएका हुन् ।
चार महीनामा प्रहरीले १५ जना विरुद्ध बलात्कार गरेको अभियोगमा मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । उजुरी दिनेमा आठ वर्षीया बालिकादेखि ६३ वर्षीया महिलासम्म रहेका छन् । कात्तिक २१ गते मुलपानीस्थित क्रिकेट मैदान परिसरभित्र बन्द कोठामा १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएको छ भने एक जना फरार छन् । पक्राउ पर्नेमा बर्दिया घर भई क्रिकेट मैदानको पर्खाल निर्माणको काम गर्ने २८ वर्षीय बिखशु थारू, २१ वर्षीय नरेश कुश्मा, २२ वर्षीय राजकुमार थारू, २१ वर्षीय रविन इटनी, १६ वर्षीय राजेश थारू, १९ वर्षीय हरि कुमाल र ३४ वर्षीय डिल्लीराम थारू रहेका छन् ।
यस्तै साउन ११ गते आठ र नौ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडाँै गोकर्णेश्वर नगरपालिका–६ का ४० वर्षीय राकेश श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरी कार्यालय बौद्धको तथ्याङ्कअनुसार साउन १९ गते शङ्खरापुर नगरपालिकाका १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शङ्खरापुर नगरपालिकाका ४९ वर्षीय हरि तिमल्सिनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । सोही नगरपालिकाका ६३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा भदौ २१ गते शङ्खरापुर नगरपालिकाका ४३ वर्षीय दलबहादुर शाहीलाई पक्राउ गरी उनी विरुद्ध मुद्दा चलाएको छ ।
यस्तै भारतको सितामढीका ३५ वर्षीय शम्भु गिरी काभ्रेका ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा असोज ४ गते पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक माधव चौधरीका अनुसार रामेछापका २८ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा सोलुखुम्बू दुधकुण्ड नगरपालिका–६ का २४ वर्षीय दावा तामाङलाई असोज १ गते पक्राउ गरी मुद्दा चलाएको छ । सोही जिल्लाको १७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ विराटनगरका २२ वर्षीय राजन मण्डललाई असोज २८ गते पक्राउ गरी मुद्दा चलाएको छ ।
प्रहीले खोटाङ र सुनसरी घर भई काठमाडौँ बस्दै आएका दुई बलालिकालाई बलात्कार गरेको अभियोगमा झापा गौरादहका ३९ वर्षीय मदन परियार र धनुषा घर भएका २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका–८ का ३१ वर्षीय कवि श्रेष्ठलाई आसोज ४ गते पक्राउ गरी मुद्दा चलाएको छ । “चार महीनाको अवधिमा बलात्कारका नौ मुद्दा अदालतमा दर्ता भएका छन्,” चौधरीले भन्नुभयो । बलात्कृत हुनेमा आठ बालिका, दुई युवती र एक महिला रहेका छन् । सबैभन्दा बढी बालिका नै बलात्कृत हुने गरेको पाइएको छ ।
“प्रहरीले निष्पक्ष अनुसन्धान गरे अपराधी पक्राउ गर्न समस्या हुन्न,” अधिवक्ता अस्मिता पोखरेलले भन्नुभयो, “लिभिङ टुगेदरसम्बन्धी कानून नबन्दासम्म समस्या बढ्दै जान्छ ।” रासस
Comments
अरु समाचार
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...












