कलिलै उमेरमा गर्भवती भएकी चेपाङ प्रसूतिगृहमा भर्ना
काठमाडौँ । कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारार्थ थापाथलीस्थित प्रसूतीगृहमा भर्ना गरिएको छ ।
मकवानपुर राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती बन्नुभएको थियो । आठ महीनाको गर्भ रहेको चिकित्सकले जनाएका छन् । उहाँलाई हेटौँडास्थित हेटौँडा अस्पतालबाट थप उपचारार्थ मङ्गलबार प्रसूतिगृहमा ल्याइएको हो ।
प्रसूतिगृहका निर्देशक प्रा डा जागेश्वर गौतमले भन्नुभयो, “हामीले उहाँको आवश्यक सबै स्वास्थ्य परीक्षण अति सूक्ष्मभन्दा सूक्ष्मरुपमा गरिरहेका छौँ, गर्भवती भएको आठ महीना देखिन्छ, अहिलेको स्वास्थ्यस्थित सामान्य रहेको छ ।”
बीस वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा आमा तथा शिशुको स्वास्थ्यलाई उच्च जोखिम मानिन्छ । निर्देशक प्रा डा गौतमले भन्नुभयो, “गङ्गामायाको आवश्यक सबै जाँच शुरु गरेका छौँ, यसका नतिजा आएपछि मात्र अगामी उपचारका बारेमा भन्न सकिन्छ ।”
सो गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङ्को विशेष पहलमा गङ्गामायालाई उपचारार्थ हेटौँडा अस्पतालमा भर्ना गरिएको थियो । रासस
Comments
अरु समाचार
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...
-
आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देश...
-
एमाले महाधिवेशनः प्यानल फरक भएपनि याेगेशलाई माया, बाँकि काे-काे ?
काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । २,२२७ खसेको मतमा भट्टले १,४५२...
-
एमालेका सचिव पदमा नवनिर्वाचित भएका ९ पदाधिकारी !
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा सचिव पदमा सबै जना अध्यक्ष केपी शर्मा ओली प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन्।...












