किष्ट बैङ्कक डुबाउने तत्कालीन नायब महाप्रबन्धक बीएन घर्ती पक्राउ
काठमाडौँ । किष्ट बैङ्क घोटाला काण्डमा प्रहरीले बीएन घर्ती र प्रगुन श्रेष्ठलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले श्रेष्ठ र घर्तीलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ । उनीहरु पक्राउ परेकाबारे सीआईबीका एसपी सुदीप गिरीले पुष्टि गरेका छन् ।
श्रेष्ठ किष्ट बैङ्कका तत्कालीन डेपुटी जनरल म्यानेजर हुन् ।न्युज नेपालसँग कुरा गर्दै उनले भने, ‘हामीले नियन्त्रणमा लिएका छौं, अनुसन्धान हुँदैछ, बेलुकासम्म सबै विवरण दिन्छौं ।’
किष्ट बैङ्क घोटाला काण्डमा तत्कालीन प्रबन्धसञ्चालक कमलप्रसाद ज्ञवालीसँगै तत्कालीन नायब महाप्रबन्धक बीएन घर्तीसहित मुछिएका थिए । ज्ञवालीले जम्बो प्रकाशन प्रालिलाई कमसल धितो राखी १४ करोड ऋण दिलाएका थिए ।
ज्ञवालीको निर्देशनमा घर्तीले कर्जा फाइलमा हस्ताक्षर गरेका थिए । प्रहरीले यसअघि सोही काण्डमा तत्कालीन बैङ्कका प्रबन्ध सञ्चालक ज्ञवालीलाई गएको असोज १९ मा भारतबाट पक्राउ गरेको थियो । ज्ञवालीलाई २०७३ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासले बैङ्किङ कसुर ठहर गरेको थियो ।
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
क्याबिनेट बैठक अपरान्ह बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा...